Close

Recent Posts

पल्लेकेमा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

पल्लेकेमा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै
  • १२ फाल्गुन २०८२, मंगलवार ०८:४४

आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणअन्तर्गत आज इंग्ल्याण्ड र पाकिस्तान बीच महत्वपूर्ण खेल हुँदैछ। श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि सेमिफाइनल यात्राको निर्णायक मानिएको छ।

mulpatra

सुपर–८ मा इंग्ल्याण्डले दोस्रो खेल खेल्न लागेको हो। यसअघि उसले घरेलु टोली श्रीलंकालाई पराजित गर्दै बलियो सुरुआत गरेको थियो। आजको खेल जिते इंग्ल्याण्डको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ।

पाकिस्तान भने सुपर–८ मा पहिलो जितको खोजीमा मैदान उत्रँदैछ। न्युजिल्याण्डविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानले अंक बाँड्नुपरेको थियो, जसका कारण आजको खेल उसलाई जित्नैपर्ने दबाब छ।

mulpatra mulpatra mulpatra

सुपर–८ को समूह ‘बी’ मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्। समूहका प्रत्येक टोलीले एक–अर्कासँग खेलेपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। आजको इंग्ल्याण्ड–पाकिस्तान भिडन्तले त्यस समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।