अमेरिकामा किन भइरहन्छ नेपालीबीच नै हत्या, डर लाग्दो ३ घटना
काठमाडौं– डीभीमार्फत अमेरिका पुगेकी ३१ वर्षीया ममता थापालाई हिजो आफनै बाबुले हत्या गरे । नेपालमा गत दसैं मनाएर ३१ वर्षीया ममता थापाले आफ्ना बुबा र आमालाई अमेरिका घुमाउन लगेकी थिइन् ।

अमेरिकी समयअनुसार सोमबार बिहान घरायसी विवादपछि उनका बुबा छत्रबहादुर थापा (मिलन) ले १० इन्च लामो धारिलो हतियार प्रयोग गरी छोरी ममतासहित श्रीमती बिन्दा थापाको हत्या गरेका छन् ।
भर्जिनियाको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टभित्र यो सब भइरहँदा ममताका ३५ वर्षे श्रीमान् सन्तोषकुमार बस्नेत बाहिर गाडीबाट हिउँ पन्छाइरहेका थिए ।
![]() |
![]() |
![]() |
|---|
किनकि, अमेरिकामा यतिबेला भारी हिमपात भइरहेको छ । हिउँले गाडी ढाकेपछि सन्तोष त्यो पन्छाउन बाहिर निस्केका बताइएको छ ।
अमेरिकाबाट सञ्चालित समाचार पोर्टल नेपयोर्कले प्रहरी अधिकारीलाई उद्धृत गर्दैै लेखेअनुसार, छत्रबहादुर हातमा धारिलो हतियारसहित घटनास्थलमा भेटिएका थिए । प्रहरीले उनलाई हतियार फ्याँक्न भन्दा उनले नमानेपछि गोली चलाएको थियो । प्रहरीको गोली लागेर उनको पनि घटनास्थलमै मृत्यु भएको छ ।
अपार्टमेन्टभित्र चिच्याएको आवाज सुनेपछि उनी ९११ मा फोन गर्दै भित्र पसेका थिए । त्यहाँ पुग्दा उनले श्रीमती ममता र सासू बिन्दालाई विक्षिप्त अवस्थामा देखे । त्यसपछि ससुरा छत्रबहादुरले उनीमाथि समेत आक्रमण गरी घाइते बनाए । सुरक्षाका लागि आएको आपतकालीन कललगत्तै अपार्टमेन्ट पुगेको प्रहरीले छत्रबहादुरलाई घटनास्थलमै फेला पारेको थियो ।
Image Source: © https://mulpatra.com
घाइते अवस्थामा सन्तोषलाई अस्पताल पु¥याइएको छ । सन्तोष र ममताका १ वर्षे सिसु भने सकुशल भेटिएको प्रहरीले जनाएको छ ।
नेपयोर्कका अनुसार, यो घटना गत वर्ष जुनमा भएको अर्को दर्दनाक घटनापछि आएको हो, जसले मनासस पार्क समुदायलाई स्तब्ध बनाएको थियो । त्यहाँ एक नेपाली परिवारका चार सदस्य मृत फेला परेका थिए, जसलाई प्रारम्भिक रूपमा हत्या–आत्महत्याको घटना मानिएको थियो ।
प्रहरीलेले घरधनीको अनुरोधपछि लानाए लेनको ९४०० ब्लकस्थित एक घरमा ‘वेलफेयर चेक’ गर्न पुगेको थियो । घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।
तल्लो तलाको अपार्टमेन्टमा प्रवेश गर्दा प्रहरीले ३८ वर्षे सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र उनीहरूका दुई सन्तान—८ वर्षीया छोरी र २ वर्षीय छोरा—को शव फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूको मृत्यु गोली लागेर भएको देखिएको थियो ।
समुदायले अझै पनि ममता काफ्ले भट्टका लागि न्यायको माग गरिरहेको छ । २८ वर्षीया नर्स तथा आमा भट्ट अगस्ट २०२४ मा हराएको भनेर रिपोर्ट गरिएको थियो । उनको अन्तिम सम्पर्क जुलाई २९, २०२४ मा नेपालमा रहेकी आफ्नी आमासँग गरिएको भिडियो कलमार्फत भएको थियो ।
उनको शव अहिलेसम्म फेला परेको छैन । तर उनका श्रीमान् नरेश भट्टलाई लाई अगस्ट २०२४ मा पक्राउ गरिएको थियो । पछि ग्रान्ड जूरीले उनीविरुद्ध हत्या, शव लुकाउने तथा शवमाथि अमानवीय व्यवहार गरेको अभियोगमा अभियोगपत्र दर्ता गरेको थियो ।
अभियोजन पक्षले परिवार बसोबास गर्दै आएको घरमा फेला परेको रगतबाट प्राप्त डीएनएलगायतका फरेन्सिक प्रमाणहरूलाई आरोप समर्थन गर्ने आधारका रूपमा प्रस्तुत गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



