Close

Recent Posts

ओलीसँग सहकार्य नभएको भन्दै प्रचण्डको रन्जितलाई फोन

ओलीसँग सहकार्य नभएको भन्दै प्रचण्डको रन्जितलाई फोन
  • १४ फाल्गुन २०८२, बिहीबार १४:५१

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन एक साता बाँकी रहेका बेला झापा–५ मा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच तालमेल भएको हल्ला भइरहेको छ ।

mulpatra

सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका रन्जित तामाङ उम्मेदवार छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि सोही क्षेत्रका उम्मेदवार भएकाले देशकै ध्यान तानेको छ । जसकारण विभिन्न हल्ला र चर्चाबीच प्रचण्डले ओलीलाई सघाउन खोजेको भन्ने विषयले राजनीतिमा तरंङ्ग ल्याएको छ ।

झापा–५ मा एमाले र नेकपाबीच ओलीलाई सघाउने गरी तालमेल भएको हो ? यसबारे बिहीबार बिहान प्रचण्डले आफ्ना उम्मेदवारलाई टेलिफोन फोन गरेर कुनै पनि दलसँग सहकार्य गर्ने विषयमा सहमति नभएको जानकारी गराएका छन् । साथै कुनै पनि दल र उम्मेदवारसँग सहकार्य नहुने प्रचण्डले स्पष्ट पारेका छन् ।

mulpatra mulpatra mulpatra

सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याउन भन्दै प्रचण्डले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने गरी सक्रिय हुने उम्मेदवार तामाङलाई भनेका छन् ।

यसअघि अध्यक्ष ओलीले पनि सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले सघाउने भन्ने विषयमा कुराकानी नभएको बताएका थिए ।