चुनाव लक्षित राष्ट्र बैंकको निर्देशन: चुनावका दिन पनि सेवा प्रवाह गर
काठमाण्डौ । प्रतिनिधि सभा सदस्य आमनिर्वाचनलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंक ले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सार्वजनिक बिदाका दिनसमेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

निर्वाचन आयोग नेपाल को अनुरोधअनुसार निर्वाचन अवधिमा वित्तीय सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले यस्तो व्यवस्था मिलाउन परिपत्र जारी गरेको जनाएको छ। निर्वाचन प्रक्रियालाई सहज, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक आर्थिक कारोबार निरन्तर सञ्चालनमा रहनुपर्ने राष्ट्र बैंकको भनाइ छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिनिधि सभा सदस्य आमनिर्वाचनका सन्दर्भमा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरिएको छ। साथै, फागुन १८ गते हिमाली तथा पहाडी जिल्लाका ५६ जिल्लामा र फागुन १९ गते तराईका २१ जिल्लामा होली (फागु पूर्णिमा) का अवसरमा सार्वजनिक बिदा दिइएको छ।
![]() |
![]() |
![]() |
|---|
यद्यपि, ती दिनहरूमा पनि आवश्यक बैंकिङ सेवा बन्द नगर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।
राष्ट्र बैंकका अनुसार सार्वजनिक बिदाका दिनहरूमा समेत निम्न सेवा अनिवार्य रूपमा सञ्चालन गर्नुपर्नेछः राजस्व दाखिला तथा भुक्तानी सेवाः सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले राजस्व संकलन र भुक्तानी व्यवस्था सुचारु राख्नुपर्ने भनेको छ ।
निर्वाचन सम्बन्धी वित्तीय कारोबारः निर्वाचन प्रचारप्रसारका लागि खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूले राजनीतिक दल तथा उम्मेदवारको नगद, चेक तथा अन्य विनिमेय साधनमार्फत हुने दाखिला–भुक्तानी सेवा उपलब्ध गराउन समेत आग्रह गरेको छ ।
Image Source: © https://mulpatra.com
राष्ट्र बैंकले निर्वाचनसँग सम्बन्धित आर्थिक गतिविधि प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ। बैंकिङ सेवा नियमित राखेर निर्वाचन प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चुनावका दिन सार्वजनिक बिदा भए पनि आवश्यक वित्तीय सेवा निरन्तर सञ्चालन हुने भएकाले निर्वाचनसँग जोडिएका निकाय, राजनीतिक दल तथा उम्मेदवारलाई सहजता मिल्ने विश्वास गरिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



