दुबई र अबुधाबी एयरलाइन्सले उडान भर्न थाले
काठमाडौं– दुबई र अबुधाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि पुनः सीमित उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ ।

दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ ।
एमिरेट्स र कम लागतको विमान कम्पनी फ्लाई दुबई दुवैले सोमबार साँझ केही उडानहरू पुनः सुरु गर्ने बताएका छन् । अबुधाबीबाट उडान भर्ने इहाद एयरवेजले मंगलबारदेखि उडान सुरु गर्ने जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
खाडी मुलुकहरूमा इरानले व्यापक बमबारीको सहयोगमा सैन्य अखडाहरूमा प्रहार गरेको छ, साथै उसले आवासीय भवनहरू, होटलहरू, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारहरूमा पनि प्रहार गरेको पाइएको छ ।
आक्रमणले लामो समयदेखि जारी मध्यपूर्व द्वन्द्वबाट सुरक्षितस्थलको रूपमा हेरिएको क्षेत्रमा तनाव सिर्जना भएको छ । इरानले शनिबारदेखि आक्रमण सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।
संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । यूएईले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको शनिबार घोषणा गरेको थियो ।
Image Source: © https://mulpatra.com
दुबईको मुख्य विमानस्थल अमेरिकाको एटलान्टापछि विश्वव्यापी रूपमा दोस्रो व्यस्त विमानस्थलको रूपमा रहेको अन्तराष्ट्रिय विमानस्थल परिषद्ले जनाएको छ । हवाई क्षेत्र बन्दले शहरको लागि एक महत्त्वपूर्ण क्षेत्रलाई असर ग¥यो, दुबईको हवाई उद्योगले युएईको अर्थव्यवस्थाको लगभग एक तिहाई हिस्सा ओगटेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



