Close

Recent Posts

नेविसंघले पायो महिला सभापति करुणा कटुवाल

नेविसंघले पायो महिला सभापति करुणा कटुवाल
  • १९ जेष्ठ २०८३, मंगलवार ०६:११

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महिला सभापति पाएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेविसंघको अध्यक्षमा करुणा कटुवाललाई नियुक्त गरेको छ । नेविसंघको अध्यक्ष केही समय देखि खाली रहेको थियो ।

mulpatra

कांग्रेसको विधान बमोजिम अध्यक्षको म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा सभापति गगन थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।

यसअघिको कार्यसमितिको म्याद सकिएकाले उनलाई नियुक्त गरिएको पार्टीले जनाएको छ । उनलाई समयभित्रै महाधिवेशन गर्न ११ बुँदे कार्यादेश दिइएको छ ।

mulpatra mulpatra mulpatra

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ .(संशोधन सहित) को धारा ४२ बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाल (धनकुटा) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ ।’