बजेटले बढाउन सकेन लगानीकर्ताको मनोबल, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता
काठमाडौँ । आर्थिक वर्ष २०८३र८४ को बजेट सार्वजनिक भएपछि सेयर बजारले तत्काल सकारात्मक प्रतिक्रिया दिन सकेन। बजेटपछिको पहिलो कारोबार दिन नै नेप्से परिसूचक घटेपछि लगानीकर्ताको मनोविज्ञानमा अन्योलता देखिएको छ। यद्यपि, लगानीकर्ताहरूको निष्कर्ष भने स्पष्ट छ– बजेटले बजारलाई अपेक्षित आत्मविश्वास दिन सकेन र अब उनीहरूको नजर आगामी मौद्रिक नीतिको समीक्षातर्फ केन्द्रित भएको छ।

बजेट सार्वजनिक भएको पहिलो कारोबार दिन ब्रोकर हाउसहरूमा सामान्य दिनभन्दा बढी चहलपहल देखिए पनि लगानीकर्ताको उत्साह भने कमजोर देखिन्थ्यो। अधिकांश लगानीकर्ता बजेटका करसम्बन्धी व्यवस्थाप्रति असन्तुष्ट देखिए भने केही क्षेत्रगत व्यवस्थालाई अवसरका रूपमा पनि हेरिएको थियो।
अधिकांश लगानीकर्ताहरूले सरकारको बजेटले पूँजीबजारलाई प्रत्यक्ष सम्बोधन गर्न नसकेको धारणा व्यक्त गरेका छन् पूँजीगत लाभकर वृद्धिको कारण लगानीकर्तामा मनोबल बढ्न नसकेको बुझाई धेरैको छ ।
![]() |
![]() |
![]() |
|---|
लाभकरलाई अन्तिम करको मान्यता दिइए पनि करको दर बढेकोले मनोबल कमजोर बनाएको एक लगानी कर्ताको गुनासो रहेको छ । लगानीकर्ताहरुले कर वृद्धि भन्दा पनि बजारमैत्री सुधार र नीतिगत स्पष्टता खोजेका थिए तर बजेटमा ति कुराहरुको सुनुवाई हुन सकेन ।
बजेटप्रतिको प्रारम्भिक प्रतिक्रिया हेर्दा लगानीकर्ताहरू पूर्ण रूपमा निराश भने देखिएका छैनन्। ऊर्जा, बीमा र पूर्वाधार क्षेत्रमा सम्भावित अवसरहरूबारे उनीहरू आशावादी छन्। तर पूँजीगत लाभकर वृद्धि, थपिएको करको भार र पूँजीबजारसम्बन्धी स्पष्ट घोषणाको अभावले उनीहरूको मनोबल उकास्न सकेको छैन।
अब अधिकांश लगानीकर्ताको ध्यान आगामी मौद्रिक नीतिको समीक्षातर्फ केन्द्रित भएको छ। उनीहरूको अपेक्षा छ नेपाल राष्ट्र बैंकले ब्याजदर, तरलता व्यवस्थापन, सेयर कर्जासम्बन्धी व्यवस्था तथा लगानीमैत्री नीतिमार्फत बजारलाई राहत दिने पहल गर्नेछ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



