निर्वाचन अवधिभर इन्धन आपूर्ति नियमित हुने, अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
काठमाडौं– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय तनाव र आसन्न निर्वाचनको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुने स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ ।

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ। यसले गर्दा नेपालमा पनि मूल्य बढ्ने र अभाव हुने डरले सर्वसाधारणले इन्धन थुपार्न थालेका छन् । तर, निगमले भारतबाट इन्धनको आयात नियमित भइरहेको र हाललाई अभाव हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समयमा समेत इन्धनको आपूर्ति व्यवस्थालाई चुस्त राखिने निगमले जनाएको छ। निर्वाचन अवधिभर पम्पहरू खुला रहने र आपूर्तिमा अवरोध नहुने सुनिश्चित गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
निगमले घरमा इन्धन भण्डारण गर्दा आगजनी र अन्य दुर्घटनाको उच्च जोखिम हुने चेतावनी दिएको छ। निर्वाचन र युद्धको हल्लाका आधारमा अनावश्यक स्टक नगर्न र सुरक्षा संवेदनशीलतालाई ध्यान दिन निगमले सबैमा अनुरोध गरेको छ।



