राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि भोट हाल्न पाइने
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदानकेन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यही २१ फागुनमा हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।
आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही २० फागुनसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउने छन् ।
![]() |
![]() |
![]() |
|---|



