Close

Recent Posts

खाडीमा रहेका नेपालीको अवस्थाबारे जान्न वेबसाइट सञ्चालन

खाडीमा रहेका नेपालीको अवस्थाबारे जान्न वेबसाइट सञ्चालन
  • १९ फाल्गुन २०८२, मंगलवार १७:०४

काठमाडौं– खाडीका देशमा युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे सूचना संकलन गर्न परराष्ट्र मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको छ ।

mulpatra

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मंगलबारदेखि यो वेबसाइट सञ्चालनमा ल्याएको हो ।

यही वेबसाइटमार्फत आएका सूचनाको आधारमा त्यहाँ रहेका नेपालीको आपत्कालीन उद्धारको योजना बनाइने मन्त्रालयले जनाएको छ । खाडीका देशमा रहेका नेपालीहरूले आफ्नो अवस्थाबारेमा अब यो वेबसाइटमा गएर विवरणहरू उपलब्ध गराउन सक्नेछन् ।

mulpatra mulpatra mulpatra

इरानले यूएई, साउदी अरेबिया, इजरायल, कतार, कुवेत, बहराइन, ओमान, जोर्डनलगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरिरहेको छ । जसको त्रासमा त्यहाँ कार्यरत १७ लाखभन्दा बढी नेपालीहरू परेका छन् । अहिलेसम्म इरानको आक्रमणमा परी यूएईमा कार्यरत एक नेपालीको ज्यान गइसकेको छ ।