निर्वाचनका बेला सवारी छुट पाएकाले अन्य व्यक्ति बोक्न नपाउने
काठमाडौं । फागुन २१ को निर्वाचनका लागि सवारी पास लिएका गाडीमा अन्य व्यक्ति बोक्न नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी पास वाला सम्बन्धित व्यक्तिले मात्र सवारीसाधन चलाउन अनुरोध गरेको हो ।

सम्बन्धीत व्यक्ति बाहेकका व्यक्ति बोकेमा गाडी चलाउन रोक लगाइने आयोगले जनाएको छ । आयोगले विज्ञप्ती जारी गर्दै भनेको छ ‘सवारी आवागमन सहजीकरणका गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यस पूर्व गरिएका सिफारिसहरू र यो सिफारिस बमोजिम सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ,’ ।
आयोगले मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि जारी छ । साथै, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म जान–आउन पास आवश्यक नपर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



