बाथ रोग के हो ? कसरी बच्ने ?
काठमाडौं । बाथरोग अर्थात् र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (आरएमडी) हाडजोर्नी, मांसपेशी, स्नायु तथा सम्बन्धित अंगहरूमा असर गर्ने दीर्घरोगहरूको समूह हो । हाडजोर्नी, मांसपेशी तथा स्नायुसम्बन्धी समस्यालाई समेट्ने बाथरोग विश्वव्यापी रूपमा बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ । अध्ययनअनुसार विश्वका करिब ३० प्रतिशत मानिस जीवनको कुनै न कुनै चरणमा यस समस्याबाट प्रभावित हुने गरेका छन् भने १५ देखि २० प्रतिशतमा कम्मर, ढाड र घुँडा दुख्ने समस्या देखिने गरेको छ ।

नेपालमा पनि बाथरोग एक प्रमुख जनस्वास्थ्य समस्या बन्दै गएको छ । विशेषगरी हाडजोर्नी खिइने रोग (ओस्टियोआर्थराइटिस) र आमबाथ (रुमेटोइड आर्थराइटिस) बढी देखिन्छन् । अनुमानित रूपमा लाखौं नेपाली यस समस्याबाट प्रभावित छन्, तर सीमित मात्र बिरामी उचित उपचारको पहुँचमा छन्।
विशेषज्ञहरूका अनुसार खासमा वाथरोग कुनै एउटै रोग होइन, यो विभिन्न रोगहरूको समूह हो । वाथरोगमा हाडजोर्नी दुख्ने र सुन्निने, मांसपेशी कमजोर हुने, ढाड, कम्मर र घुँडा दुख्ने, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी खोल्न–बन्द गर्न गाह्रो हुने जस्ता लक्षण देखाउँछ।
![]() |
![]() |
![]() |
|---|
केही प्रकारका बाथरोग दीर्घकालीन र जटिल हुन्छन्। समयमै उपचार नभए हातखुट्टाका जोर्नी बाङ्गिनु, काम गर्न नसक्ने अवस्था आउन सक्छ।
वाथ रोग किन लाग्छ ? विशेषज्ञहरूका अनुसार वाथरोग लाग्ने मुख्य कारणहरू मा वंशाणुगत प्रभाव प्रमुख हो, वातावरणीय कारण धुँलो, धुवाँ, प्रदूषणका कारण समेत वाथ रोगको समस्या निम्तन सक्छ । चुरोट र मदिरा सेवन, अस्वस्थ खानपान. अत्यधिक चिल्लो, मासु, माछा, युरिक एसिड बढाउने खाना र मोटोपनले पनि यो समस्या आउने गर्दछ ।
बाथरोग दीर्घकालीन प्रकृतिको रोग भएकाले पूर्ण रूपमा निको नहुने तर नियमित औषधि सेवन, चिकित्सकीय निगरानी र जीवनशैली सुधारमार्फत नियन्त्रणमा राख्न सकिने चिकित्सकहरूको भनाइ छ । समयमै उपचार नगरे जोर्नी बाङ्गिने, अशक्तता आउने तथा मुटु, फोक्सो र आँखाजस्ता अंगमा असर पुग्ने जोखिम रहने बताइएको छ । नेपालमा लाखौं मानिस बाथरोगबाट प्रभावित रहेको अनुमान गरिए पनि सीमित बिरामी मात्र उचित उपचारको पहुँचमा रहेको तथ्यांकले देखाएको छ ।
Image Source: © https://mulpatra.com
स्वास्थ्य विशेषज्ञहरूले बाथरोगबाट जोगिन नियमित व्यायाम, सन्तुलित आहार, तौल नियन्त्रण, धूम्रपान तथा मदिरा त्याग र प्रारम्भिक लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका छन् । हातखुट्टा सुन्निने, बिहान उठ्दा शरीर कक्रक्क हुने, घुँडा तथा ढाड दुख्ने, औँला दुख्ने वा रातो हुनेजस्ता लक्षण देखिएमा बेवास्ता नगरी विशेषज्ञसँग परामर्श लिन आग्रह गरिएको छ ।
वाथरोगलाई सामान्य दुखाइ सम्झेर हेलचेक्रयाई गरे यसले स्वास्थ्यमा गम्भिर असर पुर्याउने हुन्छ । तर समयमै पहिचान, नियमित उपचार र स्वस्थ जीवनशैली अपनाएमा यसलाई नियन्त्रणमा राख्न सकिन्छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



