टी–२० क्रिकेटः न्युजिल्यान्ड फाइनलमा
काठमडौं । न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। बुधबार कोलकत्ता स्थित इडन गार्डेनमा भएको सेमिफाइनलमा साउथ अर्फिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो। अब उसले उपाधिका लागि भारत वा इंग्ल्यान्डमध्ये एक टोलीसँग आइतबार अहमदाबादमा प्रतिस्पर्धा गर्नेछ।

१७० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले मात्र १२।५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। ओपनर फिन एलेन ले ३३ बलमा १० चौका र ८ छक्का प्रहार गर्दै अविजित १०० रन बनाएर टी–२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतकको कीर्तिमान कायम गरे। अर्का ओपनर टिम सेइफर्टले ५८ रन जोडे भने रचिन रबिन्द्र १३ रनमा अविजित रहे।
यसअघि टस जितेर फिल्डिङ रोजेको न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले २० ओभरमा १६९ रन बनाएको थियो। सुरुवाती दबाबपछि आर्को जोनसन ५५ रनमा अविजित रहे भने ट्रिस्टन स्टब्स बीच छैटौं विकेटका लागि ७३ रनको साझेदारी भएको थियो। बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्रले समान २–२ विकेट लिएर विपक्षीलाई ठूलो स्कोर बनाउनबाट रोके।
![]() |
![]() |
![]() |
|---|
न्युजिल्यन्ड आइसिसी टी(२० विश्वकप २०२६ को उपाधि नजिक पुगेको छ। बुधबार भारतको कोलकतास्थित इडन गार्डेन्समा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको हो।
अब उपाधिका लागि न्युजिल्यान्डले भारत वा इंग्ल्यान्डमध्ये एक टोलीसँग आइतबार अहमदावादमा प्रतिस्पर्धा गर्नेछ। भारत र इंग्ल्यान्डबीच दोस्रो सेमिफाइनल बिहीबार मुम्बईको वानखेडे रंगशालामा हुँदैछ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



