प्रसाई भन्छन्– आफुलाई थुनेर गराएको निर्वाचन स्वीकार्य छैन, देशले हारेको कालो दिन होप्रसाईलाई नथुन्दा ५६ जिल्लामा निर्वाचन बिथोलिने प्रहरीकै आशंका
काठमाडौं– हिजो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफुलाई थुनेर गरेको निर्वाचन स्वीकार्य नभएको बताएका छन् ।

उनले पुरानै जस्तै प्रधामन्त्री सुशिला कार्की सरकारले पनि जनतालाई धोका दिएको र विदेशी दलालको आडमा निर्वाचन गराएको आरोप लगाएका छन् ।
उनले आफनो फेसबुकमा स्टाटस लेख्दै “ज्यानमारा, भ्रष्ट ,सिंहदरबारदेखि सम्मानित सर्वोच्च अदालतसम्म आगो लगाउने, सहकारी ठगीमा संलग्न गिरोह ७५ जना बालबालिकाको ज्यान जाने अवस्था सिर्जना गर्ने र खर्बौँको सम्पत्ति नष्ट गर्ने गिरोह हरुले पश्चिमाको डिजाइनमा देश र नागरिकलाई रुवाएर जबरजस्ती थोपरेको यो चुनाव हामीलाई मान्य छैन। आज भ्रष्ट ठग हरुले जितेको र देशले हारेको कालो दिन हो।” “एक जना राष्ट्रवादी व्यक्तिसँग डराएर थुनेर गरिएको चुनावको हिसाब–किताब एक दिन अवश्य हुनेछ !
![]() |
![]() |
![]() |
|---|
उनलाई निर्वाचन बहिष्कार भन्दै आएका प्रसाईं ३ दिन अगाडी भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका हुन् । पत्रकार सम्मेलन गरेर सडकमा उत्रिने तयारी गरिरहेका उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा समातिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रसाईं सोही कसुरमा फागुन ४ गते पक्राउ परेर १३ गते रिहा भएका थिए । प्रहरी रिपोर्टमा प्रसाईलाई तत्काल पक्राउ नगरे उनले ५६ जिल्लामा निर्वाचन बिथोल्न सक्ने रिपोर्ट गृहमन्त्रालयलाई दिएका थिए ।
गृहमन्त्रालयका अनुसार प्रसाईलाई नथुनेको भए कम्तिमा ५६ जिल्लामा निर्वाचन बिथोलिन सक्ने रिपोर्ट आएको थियो । जसका कारण पनि सरकार उनीसँग डराएको देखिन्छ ।



