Close

Recent Posts

निर्वाचन मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु: रास्वपा ३६ स्थानमा अग्रता

निर्वाचन मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु: रास्वपा ३६ स्थानमा अग्रता
  • २२ फाल्गुन २०८२, शुक्रबार ०७:२९

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि हिजो सम्पन्न निर्वाचनको मतगणना देशभरका विभिन्न केन्द्रमा सुरु भएको छ। केही क्षेत्रमा गएरातिदेखि मतगणना सुरु भएको भए पनि अधिकांश जिल्लामा आज बिहानबाट औपचारिक रूपमा मतगणना अघि बढाइएको छ । जसको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

mulpatra

विहान ८ बजेसम्म सार्वजनिक भएका देशका ४३ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये ३५ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।

प्रारम्भिक मतगणना अनुसार काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । केही स्थानहरुमा जीत नजिक पुगेका छन ।

mulpatra mulpatra mulpatra

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले भारी मतले पछाडि पारेका छन् । शाहले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।

कास्कीका तीन वटै जिल्लामा रास्वपाका उम्मेदवार अघि रहेका छन् भने रुपन्देहीमा पुर्व अर्थ मन्त्री विष्णुप्रसाद पाण्डे धेरै मतले रास्वपाका उम्मेदवारसँग पछि रहेका छन् ।

त्यस्तै, पूर्वी नेपालका केही जिल्लामा पनि रास्वपाका उम्मेदवारहरू अगाडि देखिएका छन्। मोरङ क्षेत्र नम्बर १ र ४ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा रास्वपाका उम्मेदवारहरूले अग्रता बनाएका छन् ।

Image Source: © https://mulpatra.com

यद्यपि, यी सबै प्रारम्भिक मतपरिणाम भएकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com