राश्वपाले पछि परेका ओलीदेखि चौधरीसहित अन्य शीर्ष नेता
काठमाडौं– देशभरबाट चुनावी मतपरिणाम आउने क्रम जारी छ । २१ फागुन (हिजो) साझा निर्वाचन सम्पन्नलगत्तै देशभर, १६५ वटै निर्वाचन क्षेत्रबाट संकलित मतगणना थालनी भएको थियो । आज विभिन्न ठाउँको प्रारम्भिक मतपरिणाम आउन थालेको छ ।

शुक्रबार दिउँसो २ बजेसम्मको ताजा नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले र नेपाली कांग्रेसले एक÷एक स्थानमा विजय हासिल गरिसकेको छ । रास्वपाकी नेतृ रञ्जु दर्शना न्यौपानेले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भइसकेकी छिन् भने कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली मुस्ताङ– १ बाट विजयी भएका छन् ।
प्राप्त प्रारम्भिक परिणामअनुसार अधिकांश क्षेत्रमा रास्वपाले लिड गरिरहेको छ भने पुराना तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकै रक्षात्मक स्थितिमा देखिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
७६ स्थानमा चुनावी परिणाम गणना हुँदै गर्दा ५९ स्थानमा रास्वपाका उम्मेदवार अगाडि देखिएका छन् भने कांग्रेसका उम्मेदवार जम्मा ८ स्थानमा अगाडि देखिएका छन् । यसैगरी, नेकपा एमाले ४ र नेकपा ३ स्थानमा अगाडि हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार एक÷एक स्थानमा अगाडि छन् ।
ओलीदेखि कुलमानसम्म, यी हुन् मैदानमा पछाडि परेका ‘शीर्ष नेताहरू’
१. केपी शर्मा ओली (झापा– ५)
Image Source: © https://mulpatra.com
हालसम्मको चुनावी मतपरिणामअनुसार पछि पर्ने उम्मेदवारमध्ये केपी शर्मा ओली हेभिवेट उम्मेदवार हुन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओली झापा– ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाहसँग खास चुनावी प्रतिस्पर्धामा छन् ।
शुक्रबार दिउँसोसम्मको नतिजाअनुसार बालेनले ५ हजार २५४ मत ल्याइसक्दा ओलीले जम्मा १ हजार २४८ मत पाएका छन् । झण्डै चार गुणा बढी मतान्तरले पछिपरेका ओलीले यो अन्तर कम गर्न सक्लान् कि नसक्लान् ? निकै चासो बढेको छ ।
२. विष्णुप्रसाद पौडेल (रुपन्देही–२)
ीष्खभचउययन्जियचबजष् ऋझभलत
एमालेकै अर्का हेभिवेट नेता विष्णुप्रसाद पौडेल रुपन्देही– २ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनी पनि प्रारम्भिक मतपरिणाममा पछिपरेका छन् । हालसम्मको मतपरिणाममा रास्वपाका उम्मेदवार सुलभ खरेलले १३ हजार ८६९ मत पाउँदा पौडेलले जम्मा ३ हजार १३३ मत पाएका छन् । पौडेल खरेलभन्दा १० हजारभन्दा बढी मतान्तरले पछि परेका छन् ।
३. ईश्वर पोखरेल (काठमाडौं–५)
एमालेका वरिष्ठ नेता ईश्वर पोखरले काठमाडौं– ५ बाट चुनावी प्रतिस्पर्धामा छन् । हालसम्मको प्राप्त मतपरिणामअनुसार पोखरेल दोस्रो हाइन तेस्रो स्थानमा रहेका छन् । रास्वपाका सस्मित पोखरेलले ९ हजार ८०४ मतसहित लिड गर्दैगर्दा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ३ हजार ४३१ मतसहित पोखरेललाई पछ्याइरहेका छन् ।
एमालेका नेता पोखरेलले भने हालसम्म जम्मा १ हजार ८३७ मत मात्र प्राप्त गरेका छन् ।
४. कुलमान घिसिङ (काठमाडौं– ३)
उज्यालो नेपाल अभियानबाट निकै लोकप्रिय नेताका रूपमा चिनिएका कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा छन् । नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी हुँदै, ऊर्जामन्त्रीसमेत बनेका घिसिङले आफैँले उज्यालो नेपाल पार्टी गठन गरेर चुनावमा होमिएका छन् ।
काठमाडौं– ३ बाट चुनाव लडेका घिसिङलाई प्रतिस्पर्धी रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले पछि पारेका छन् । हालसम्मको चुनावी मतपरिणामअनुसार घिसिङले ५ हजार १५५ मत पाउँदा पाण्डेले ८ हजार २८८ मत पाएका छन् ।
५. राजेन्द्रप्रसाद पाण्डे (धादिङ– १)
नेकपाका उम्मेदवार एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे रास्वपाका उम्मेदवारसँग पछि परेका छन् । तामाङले हालसम्म ४ हजार ३७५ मत पाउँदा पाण्डेले जम्मा १ हजार १२४ मत मात्रै पाएका छन् ।
६. विनोदकुमार चौधरी (नवलपरासी– १)
नेपाली कांग्रेसका नेता विनोदकुमार चौधरी रास्वपाका उम्मेदवार विक्रम खनालसँग पछि परेका छन् । प्रारम्भिक मतपरिणामअनुसार चौधरीले ४०१ मत पाउँदा खनालले १ हजार ५०० मत पाएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



