पुर्व सभामुखलाई हराईन पुर्व उपसभामुख इन्दिरा रानामगरले

पुर्व सभामुखलाई हराईन पुर्व उपसभामुख इन्दिरा रानामगरले
  • २४ फाल्गुन २०८२, आईतवार ०६:५०

झापा । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा झापा क्षेत्र नं. २ मा पुर्वसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगरले पुर्व सभामुख देवराज घिमिरेलाई भारी मतान्तरले जित हासिल गरेकी छिन् । निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरेकी छन् ।

mulpatra

एमालेको गढ मानिने सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरेका थिए । तेश्रोमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली काँग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गरेकी छन् ।

यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

mulpatra mulpatra mulpatra