एन्फाको ताला खुल्यो

एन्फाको ताला खुल्यो
  • २६ फाल्गुन २०८२, मंगलवार १५:३१

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएपछि एन्फामा लागेको ताला खुलेको छ ।

mulpatra

खेलाडी संघले एन्फासँग राखेको मागमा सहमति जुटेपछि मंगलबार ताला खुलेको हो। सहमतिपछि खेलाडीहरूले एन्फामा लागेको ताला खोलेको बताएका छन् ।

आइतबार खेलाडीहरूले एन्फा परिसरमा विरोध प्रदर्शन गर्दै ३ बुँदे मागसहित तालाबन्दी गरेका थिए । खेलाडी संघले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको सुनिश्चितता, जसमा ‘ए’ डिभिजनको मिति तोक्नैपर्ने माग गरेका थिए ।

mulpatra mulpatra mulpatra

त्यस्तै, खेलाडी अक्षय कोषको विस्तृत विवरण (गतवर्ष एकै प्रतियोगिताबाट जम्मा ६५ लाखसहित) र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमिति बैठकबाट पास समेत भएको उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

खेलाडी सघंले यसअघि पटकपटक वार्ता तथा सडक संर्घषका बाबजुद पनि आफूहरूको मागहरू एन्फाले वेवास्ता गरेका कारण एन्फा मुख्यालयमा तालाबन्दी गर्नुपरेको बताएको थियो ।

सोमबार एन्फाले विज्ञप्ति जारी गर्दै खेलाडी संघले लगाएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com