Close

Recent Posts

भारतमा सर्वोच्च आदालतले दियो इच्छामृत्युको स्वीकृति, नेपालमा छैन कानुन

भारतमा सर्वोच्च आदालतले दियो इच्छामृत्युको स्वीकृति, नेपालमा छैन कानुन
  • २७ फाल्गुन २०८२, बुधबार १४:३८

काठमाडौं । भारतको सर्वोच्च अदालतले इच्छामृत्युको स्वीकृति दिएको छ । ११ बर्ष देखि कोमामा रहेका गाजियाबादका ३० वर्षका हरीश राणालाई उनको शरिमा प्रयोग भइरहेको लाइफ सपोर्ट प्रणाली चरणबद्ध रूपमा हटाउन अनुमति दिएको हो।

mulpatra

राणाको लाइफ सपोर्ट प्रणाली बिस्तारै हटाउने प्रक्रिया अघि बढाउदा अदालतले बिरामीको सम्मान र गरिमा कायम राख्नुपर्ने समेत भनेको छ ।

चण्डीगढमा बीटेक अध्ययन रहेको बेला छात्रावासको चौथो तलाबाट खसेपछि उनको शरीरमा पूर्ण पक्षाघात भएको र उनी कोमामा पुगेका थिए।

mulpatra mulpatra mulpatra

कोमामा पुगेपछि उनलाई भेन्टिलेटरमा राखि पूर्ण रूपमा फिडिङ ट्युब प्रयोग भइरहेको थियो । लामो समयसम्मको उपचारपछि चिकित्सकले उनको स्वास्थ्यमा सुधार हुने कुनै सम्भावना नभएको लिखित रिपोर्ट दिएका थिए । बर्षौ देखि ओछ्यानमा बसिरहेकाले उनको शरिरमा निको नहुने गरि गम्भीर घाउहरु समेत बनेका थिए।

छोराको अवस्था अत्यन्त पीडादायी भएको र उपचार, नर्सिङ र औषधिको खर्चले परिवार आर्थिक रूपमा समेत संकटमा परेको भन्दै इच्छामृत्युको अनुमति माग्दै उनका बुबाआमा सर्वोच्च अदालत गएका थिए ।

अदालतले बिरामीको अवस्था, चिकित्सकीय राय र परिवारको अवस्थालाई ध्यानमा राख्दै लाइफ सपोर्ट हटाउन अनुमति दिएको हो।

Image Source: © https://mulpatra.com

अब उनलाई दिइरहेको भेन्टिलेटर, फिडिङ ट्युव र औषधी विस्तारै हटाउँदै गएपछि उनको मृत्य प्राकृतिक हुने भन्दै सर्वोच्चले उक्त आदेश दिएको छ । सर्वोच्चले यो सँगै केन्द्र सरकारलाई समेत इच्छामृत्युको कानुन बनाउन सुझाव दिएको छ ।

कतिपय देशमा निको नहुने र सहन नसकिने शारीरिक मात्र होइन, मानसिक समस्या भएका व्यक्तिले पनि इच्छामृत्यु रोजे दिइने व्यवस्था छ । नेपालमा समेत बेला बखतमा इच्छामृत्युको विषय उठेपछि हालसम्म कुनै कानुन भने बनेको छैन ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com