Close

Recent Posts

यी हुन् थ्रेसहोल्ड नकटाउने ५१ राजनीतिक दल

यी हुन् थ्रेसहोल्ड नकटाउने ५१ राजनीतिक दल
  • २७ फाल्गुन २०८२, बुधबार १५:४२

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको छ । तर निर्वाचनमा सहभागी भएका ५१ राजनीतिक दलले आवश्यक थ्रेसहोल्ड कटाउन भने सकेनन्।

mulpatra

निर्वाचन आयोगका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित ५७ राजनीतिक दल सहभागी भएका थिए। तीमध्ये छ दल मात्र संसद् प्रवेश गर्ने अवस्थामा पुगेका छन् भने ५१ दलले न्यूनतम मत सीमा कटाउन सकेनन्।

नेपालको समानुपातिक निर्वाचन प्रणालीअनुसार कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गरेका दललाई मात्र प्रतिनिधिसभामा सिट बाँडफाँट गरिने कानुनी व्यवस्था छ। सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानेर दललाई मत दिने र प्राप्त मतको अनुपातमा प्रतिनिधिसभामा सदस्य निर्वाचित हुने प्रणाली लागू गरिएको छ।

mulpatra mulpatra mulpatra

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएको छ। यसमध्ये केही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मात्रै थ्रेसहोल्ड कटाएका छन् बाँकी ५१ दलको मत तीन प्रतिशतभन्दा तल रहेको छ।

थ्रेसहोल्ड नकटाउने दल

मतपरिणामअनुसार थ्रेसहोल्ड कटाउन नसक्ने दलमध्ये जनमत समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्र निर्माण दल नेपाल, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), मंगोल नेशनल अर्गनाइजेशन, आम जनता पार्टी, जनादेश पार्टी नेपाल लगायतका दल रहेका छन्।

Image Source: © https://mulpatra.com

त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, संयुक्त नागरिक पार्टी, स्वाभिमान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय एकता दल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), राष्ट्रिय गौरव पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपालका लागि नेपाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०, राष्ट्रिय ऊर्जा पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी लगायत दलले पनि आवश्यक मत प्राप्त गर्न सकेनन्।

यसैगरी नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मातृभूमि पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, बहुजन शक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी, जनअधिकार पार्टी, नेपाल सद्भावना पार्टी, पिपुल फष्ट पार्टी, नेपाली काँग्रेस (बीपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल र जनप्रिय लोकतान्त्रिक पार्टी ले पनि थ्रेसहोल्ड कटाउन सकेनन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था रहेकोले थ्रेसहोल्ड कटाउने छ राजनीतिक दल मात्रै राष्ट्रिय दलको रुपमा रहने भएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com