Close

Recent Posts

खाडीबाट ६३ हजार नेपाली स्वदेश फर्किन आवेदन

खाडीबाट ६३ हजार नेपाली स्वदेश फर्किन आवेदन
  • २७ फाल्गुन २०८२, बुधबार १७:२२

काठमाडौं । इरान इजरायल युद्ध चर्केसँगै खाडीबाट ६३ हजार नेपाली स्वदेश फर्किन आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको छ ।

mulpatra

इरान इजरायल युद्धमा अमेरिका समेत सामेल भएपछि मध्यपूर्वका विभिन्न देशमा भएको अमेरिकाको सैन्य अखडामा इरानले निशाना बनाएर आक्रमण गर्दा खाडीमा रहेका लाखौं नेपालीसमेत जोखिममा परेका छन् । सबैभन्दा असर दुबई, कतार, कुवेत र बहराइनमा देखिएको छ ।

इरानले विशेषगरी अमेरिकी सैन्य संरचना रहेका खाडी अरब राष्ट्रहरू—कतार, बहराइन, कुवेत तथा यूएईस्थित अड्डाहरूतर्फ केन्द्रित गरि आक्रमण गरिरहेको छ । ती देशहरूमा अमेरिकी वायुसेना, नौसैनिक र मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ छन्।

mulpatra mulpatra mulpatra

इरानी ड्रोन आक्रमणमा परि एक नेपालीको समेत मृत्यु भएको खबर बाहिरिए पछि नेपाल फर्कन चाहनेहरुलाई दुतावासमा दूतावासमा आवश्यक कागजात पेश गर्न आग्रह गरेको थियो। फर्कन चाहनेहरुले राहदानी र भिसाको फोटोकपीसहित यात्रा योजनाको विवरण दूतावासमा बुझाउन आग्रह गरेपछि ६३ हजारले स्वदेश फर्कन निवेदन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पश्चिम एसियाका केही स्थानबाट सीमित मात्रामा हवाई उडान सञ्चालन भइरहेकाले हाल उपलब्ध उडानमार्ग प्रयोग गरेर नेपाल फर्किन सकिने जनाएको छ। नेपालतर्फको उडान व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायसँग छलफल तथा समन्वय भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।