Close

Recent Posts

गण्डकी प्रदेशमा समानुपातिक तर्फ एमालेलाई जम्मा एक लाख ५२ हजार मत, अन्यको कति

गण्डकी प्रदेशमा समानुपातिक तर्फ एमालेलाई जम्मा एक लाख ५२ हजार मत, अन्यको कति
  • २९ फाल्गुन २०८२, शुक्रबार ०६:३०

काठमाडौं । गण्डकी प्रदेशमा समानुपातिक तर्फ एमालेलाई जम्मा एक लाख ५२ हजार मत प्राप्त भएको छ । एमाले एक लाख ५२ हजार ५८७ मत प्राप्त गरि तेश्रो मत प्राप्त गर्ने दल बनेको छ ।

mulpatra

गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ५५६ मत र श्रम संस्कृति पार्टीले १८ हजार ९९ मत प्राप्त गरेको छ । प्रदेशमा राष्ट्रिय जनमोर्चाले सात हजार ७७०, राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार २२६, मङ्गल नेसनल अर्गनाजेसनले दुई हजार ८५५, प्रगतिशील लोकतान्त्रिक पार्टीले दुई हजार ५४८, नेपाली जनता संरक्षण पार्टीले एक हजार ९४९, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले एक हजार ४१९, नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक हजार ३७८, नेसनल रिपब्लिक नेपालले एक हजार ३४४ र जनमत पार्टीले एक हजार २११ मत प्राप्त गरेका छन् ।

mulpatra mulpatra mulpatra