डा. स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध

डा. स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध
  • १२ असार २०८३, शुक्रबार ०७:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

mulpatra

पुरुषतर्फको उपसभापति पदका लागि डा.वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

यसअघि सोही पदका आकांक्षी मानिएका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर डा. वाग्लेको प्रस्तावक बनेका थिए।

mulpatra mulpatra mulpatra

चितवनमा जारी महाधिवेशनमा अन्य पदाधिकारीको निर्वाचन भने केही बेरमा हुने जनाइएको छ ।