इन्धनको मूल्य आकासियो, कच्चा तेलको भाउ १ सय डलर माथि
काठमाडौं । पश्चिम एशियामा बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ। बिहीबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १ सय डलर माथि पुगेको छ ।

ऊर्जा उत्पादक देशहरूको संगठन इन्टरनेशनल इनर्जी एशोसियसन (आईईए) ले ठूलो मात्रामा रणनीतिक भण्डार बजारमा पठाउने निर्णय गरे पनि तेलको भाउ बढीरहेको हो । रणनीतिक भण्डारबाट करिब ४ सय मिलियन ब्यारेल तेल बजारमा पठाउने घोषणा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै अन्त्य हुने दाबी गरेपछि मंगलबार केही गिरावट आएको तेलको मुल्य फेरी बढ्न शुरु गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
इरानले हर्मुज सामुद्रिक क्षेत्रमा नियन्त्रण जमाएर “हर्मुजबाट एक लिटर तेल पनि बाहिर निस्कन नदिने” चेतावनी दिएको छ । जसले गर्दा विश्वको सबैभन्दा ठुलो तेल आपुर्ती हुने क्षेत्र बन्द भएको छ ।
हर्मुज हुँदै यात्रा गर्न खोज्ने थाइल्यान्ड र जापानका जहाजसहित कम्तीमा ६ जहाज आक्रमणमा परेको खबर सार्वजनिक भएका छन्। यद्यपि ती आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।
इरान इजरायल युद्ध जारी रहँदा मध्यपुर्वका अन्य देशका तेल प्रशोधन केन्द्रहरुमा समेत आक्रमण भएका कारण तेलको मुल्य अझै वृद्धि हुने आंकलन गरिएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



