बेलायतले नयाँ नीतिअनुुसार अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानलाई विद्यार्थी भिसा बन्द
काठमाडौं– बेलायत सरकारले पहिलोपटक चार देशका नागरिकहरूका लागि भिसा आवेदनमा ‘इमर्जेन्सी ब्रेक’ (आपतकालीन रोक) लगाएको छ ।

बेलायतले अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका नागरिकहरूले बेलायतको उदारताको फाइदा उठाउँदै शरणार्थी दाबी गर्ने गरेको आरोप लगाउँदै भिसामा कडाइ गर्ने निर्णय गरेको हो ।
नयाँ प्रतिबन्ध अनुसार अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका नागरिकहरूलाई विद्यार्थी भिसा दिन बन्द गरिएको छ। यसका साथै अफगानी नागरिकहरूका लागि कामदार भिसामा पनि रोक लगाइएको छ ।
![]() |
![]() |
![]() |
|---|
गृहमन्त्री शबाना महमुदले यी देशका नागरिकहरूले कानुनी आप्रवासन मार्गलाई ‘पछाडिको ढोका’ को रूपमा प्रयोग गरी बेलायतमा शरण माग्ने क्रम बढेको भन्दै यस्तो कदम चालिएको बताइन् ।
बेलायतले युद्ध र उत्पीडनबाट भागेका मानिसहरूलाई सधैं आश्रय दिने गरे पनि उक्त भिसा प्रणालीको दुरुपयोग हुन नहुने भन्दै उदारताको नाजायज फाइदा उठाउन खोज्नेहरूका लागि भिसा नदिने अभूतपूर्व निर्णय लिएको बताइन्। आफ्ना सीमाहरूमा व्यवस्था र नियन्त्रण कायम गर्ने उनले स्पष्ट पारिन् ।
होम अफिस (बेलायती गृह मन्त्रालय) को तथ्याङ्क अनुसार सन् २०२५ मा शरणार्थी दाबी गर्ने १ लाख मानिसमध्ये ३९ प्रतिशत मानिसहरू विद्यार्थी भिसा जस्ता कानुनी मार्गबाटै बेलायत प्रवेश गरेका थिए। विशेष गरी सन् २०२१ देखि २०२५ को सेप्टेम्बरसम्म अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका विद्यार्थीहरूबाट पर्ने शरणार्थी आवेदनमा उल्लेख्य वृद्धि भएको मन्त्रालयको दाबी छ।
Image Source: © https://mulpatra.com
यो भिसा प्रतिबन्ध गत मार्च ३ देखि आधिकारिक रूपमा अध्यागमन नियममा परिवर्तन गरी लागू गरिएको छ। यसअघि गत नोभेम्बरमा एङ्गोला, नामिबिया र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विरुद्ध पनि यस्तै कदम चाल्ने चेतावनी दिइएको थियो, जसका कारण ती देशहरूले आफ्ना नागरिक फिर्ता लिन सहमति जनाएका थिए।
अबदेखि हरेक शरणार्थीलाई उनीहरूको हैसियत अस्थायी मात्र हुने र त्यो ३० महिनाका लागि मात्र मान्य हुने जानकारी दिइनेछ। यदि उनीहरूको देश सुरक्षित भएको मानिएमा उनीहरूलाई अनिवार्य रूपमा फिर्ता पठाइनेछ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



