प्लेनदेखि घर भाडासम्म, तलब र बैठक भत्तासहित सुविधा कटौती होला त ?
काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोग तयारीमा जुटेको छ ।

औपचारिक रुपमा परिणाम सार्वजनिक नगरिए पनि प्रतिनिधिसभामा पहिलो दल रास्वपा बनेको छ भने कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो, श्रम संस्कृति पार्टी पाँचौँ र राप्रपा छैटौँ शक्तिको रुपमा संसदमा रहने भएको छ ।
यसरी निर्वाचित भएर आएका सांसदहरुले के–के पाउँछन् सुविधा ? यो आमचासो बढेको छ ।
![]() |
![]() |
![]() |
|---|
यी हुन् सांसदले पाउने सुविधा
१. निर्वाचित भएर पहिलोपटक काठमाडौं आउँदा लाग्ने भाडावापतको रकम पाउँछन् । तर, भाडावापतको रकम पाउनका लागि आफू सवार प्लेन वा बसको टिकट संसद् सचिवालयमा बुझाउनुपर्छ ।
२. काठमाडौंमा आउँदा खाना र खाजावापत दिनको २ हजार ५०० रुपैयाँका दरले साढे २ दिनको ६ हजार २५० रुपैयाँ पाउँछन्।
Image Source: © https://mulpatra.com
३. निर्वाचित भएपछि पहिलोपटक फर्निचर खर्चवापत १५ हजार रुपैयाँ पाउँछन् ।
४. काठमाडौं उपत्यकामा घर नभएका सांसदलाई घर भाडावापत मसिक १८ हजार रुपैयाँ पाउँछन् ।
५. काठमाडौं उपत्यकामा घर भएका सांसदलाई घर मर्मत सम्भार गर्न मासिक ९ हजार रुपैयाँ पाउँछन् ।
६. मोबाइल खर्च र पत्रपत्रिकाका लागि मासिक ९ हजार रुपैयाँ
७. धारा र पानीका लागि मासिक २ हजार रुपैयाँ
८. मासिक पारिश्रमिक ६६ हजार ७० रुपैयाँ
९. विशेष भत्ता १ हजार रुपैयाँ
१०. संसद् बैठक र संसदीय समिति बैठक बसेको दिनको १ हजार भत्ता
११. संसद र समिति बैठक बसेको दिनका लागि सवारीसाधन भाडा १ हजार रुपैयाँ
१२. यदि महिनामा १५ दिन संसद बैठक चल्यो भने ३० हजार रुपैयाँ पाउँछन् भने संसद र संसदीय समिति एकैदिन बस्दा दोहोरो भत्ता र सवारी सुविधा पाउँदैनन्।
१३. सांसदहरुले सरकारी वा संसदीय कामका लागि विदेश जानु परेमा रातो पासपोर्ट पाउँछन्।
सांसदहरुलाई तलब. भत्तासहितको सुविधा संघीय संसद् सचिवालयले दिने गर्छ । सांसदको तलब र भत्ता बैंकमा हालिदिँदा सम्बन्धित संसदीय दलको नेताले ‘लेबी’ काटेर जम्मा गरिदिन संसद् सचिवालयलाई पत्र लेख्छन् । सोही पत्रअनुसार भनिए जति लेबी काटेर संसद् सचिवालयले सांसदको तलब र भत्ता बैंकमा जम्मा गरिदिन्छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



