Close

Recent Posts

अमेरिका, इजरायल र इरान कारण मध्यपूर्वको पर्यटन क्षेत्रलाई दैनिक ६० करोड डलर नोक्सान

अमेरिका, इजरायल र इरान कारण मध्यपूर्वको पर्यटन क्षेत्रलाई दैनिक ६० करोड डलर नोक्सान
  • २९ फाल्गुन २०८२, शुक्रबार २१:५८

काठमाडौं– अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वको पर्यटन र हवाई यात्रा क्षेत्रमा ठूलो आर्थिक नोक्सानी भइरहेको छ ।

mulpatra

सन् २०२६ को सुरुमा गरिएको प्रक्षेपण अनुसार यस वर्ष मध्यपूर्वमा २०७ अर्ब डलर बराबरको पर्यटक खर्च हुने अनुमान गरिएको थियो, तर हालको द्वन्द्वले उक्त लक्ष्यमा गम्भीर धक्का पु¥याएको छ ।

विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटीटीसी) को पछिल्लो प्रतिवेदन अनुसार, यस द्वन्द्वले गर्दा क्षेत्रीय पर्यटन क्षेत्रमा प्रतिदिन कम्तीमा ६० करोड अमेरिकी डलरको क्षति भइरहेको छ ।

mulpatra mulpatra mulpatra

हवाई उडानमा भएको अवरोध, पर्यटकको घट्दो आत्मविश्वास र क्षेत्रीय कनेक्टिभिटीमा आएको समस्याका कारण अन्तर्राष्ट्रिय पर्यटकहरूको खर्चमा भारी गिरावट आएको छ ।

ध्यपूर्व विश्व पर्यटनको एक महत्वपूर्ण केन्द्र हो। विश्वका ५ प्रतिशत अन्तर्राष्ट्रिय पर्यटकहरू यस क्षेत्रमा आउँछन् भने १४ प्रतिशत अन्तर्राष्ट्रिय ट्रान्जिट ट्राफिक यहीँबाट हुने गर्दछ ।
यहाँको तनावले विमानस्थल, एयरलाइन्स, होटल, कार भाडामा लिने कम्पनी र क्रुज लाइनहरू लगायत समग्र पर्यटन इकोसिस्टममा नकारात्मक असर पारेको छ ।

दुबई, आबुधाबी, दोहा र बहराइन जस्ता प्रमुख क्षेत्रीय हवाई हबहरू, जहाँ दैनिक ५ लाख २६ हजार यात्रुहरू आवतजावत गर्छन्, द्वन्द्वका कारण गम्भीर रूपमा प्रभावित भएका छन् । एभिएसन कन्सल्ट्यान्सी ‘सिरियम’ का अनुसार फेब्रुअरी २८ देखि मार्च १२ सम्मका लागि निर्धारित हजारौं उडानहरू रद्द गरिएका छन् ।

Image Source: © https://mulpatra.com

चुनौतीहरूका बाबजुद डब्लुटीटीसीले पर्यटन क्षेत्रलाई विश्वको सबैभन्दा ‘लचिलो’ आर्थिक क्षेत्रमध्ये एक मानेको छ । विगतका सुरक्षा–सम्बन्धित संकटहरूको विश्लेषण गर्दा, सरकार र पर्यटन उद्योगले छिटो र समन्वयात्मक रूपमा कदम चालेमा दुई महिनाभित्रै यस क्षेत्रले रिकभरी गर्न सक्ने परिषद्ले जनाएको छ ।

युएईका प्रमुख विमानस्थलहरू – दुबई र आबुधाबीले सीमित उडानहरू सञ्चालन गरिरहेका छन्। डब्लुटीटीसीकी सीईओ ग्लोरिया ग्वेभाराका अनुसार, बलियो समन्वय, स्पष्ट सञ्चार र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उपायहरू अपनाउँदा पर्यटन क्षेत्रले आफ्नो लय छिटो समात्न सक्छ ।

सन् २०२५ मा दुबईले १९.५९ मिलियन अन्तर्राष्ट्रिय पर्यटक भित्र्याएर नयाँ कीर्तिमान कायम गरेको थियो, जसले गर्दा यस क्षेत्रको पर्यटन क्षमता बलियो रहेको देखिन्छ ।

सरकार र निजी क्षेत्रले यात्रुको विश्वास पुनः जागृत गर्न र सुरक्षा वातावरण सुदृढ बनाउन सकेमा यो क्षेत्र छिट्टै सामान्य अवस्थामा फर्कने विश्वास गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com