साढे २५ अर्बको चामल आयात

साढे २५ अर्बको चामल आयात
  • ३० फाल्गुन २०८२, शनिबार १५:१६

काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को सात महिना (साउन–माघ) मा साढे २५ अर्ब रुपैयाँको चामलजन्य वस्तु आयात भएको छ ।

mulpatra

गत वर्ष सोही अवधिमा २५ अर्ब ३७ करोड ५२ लाख बराबरको ५ लाख १५ हजार टन चामलजन्य वस्तु आयात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा २५ अर्ब ४८ करोड ५८ लाख मूल्यबराबरको ५ लाख १४ हजार टन चामलजन्य वस्तु आयात भएको हो ।

mulpatra mulpatra mulpatra

गत वर्षकै हाराहारीमा चामलजन्य वस्तुको आयात भएको देखिन्छ । बजारमा मागअनुसार स्वदेशी उत्पादन नहुँदा हरेक वर्ष ठूलो परिमाणमा चामल आयात भइरहेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार नेपालमा करिब ७ लाख टन चामल अपुग छ । तर, आयात भने मागभन्दा धेरै हुने गरेको विभागको तथ्यांक छ ।

भारतीय बजारबाट आयात गर्दा सस्तो पर्ने हुँदा व्यापारीको रोजाइमा स्वदेशीभन्दा आयातीत चामल पर्ने गरेको छ । यसले गर्दा आयात बढ्दो क्रममा रहेको छ ।

Image Source: © https://mulpatra.com

उनका अनुसार पछिल्लो समय धान उत्पादन बढ्दै गए पनि आन्तरिक मागअनुसार करिब ७ लाख टन चामल अपुग छ । तर, आन्तरिक मागको अपुग परिमाणभन्दा चामल आयात धेरै भइरहेको छ । यो थप अध्ययनको विषय भएको कृषि मन्त्रालयले जनाएको छ ।

धानबाली लगाउने समयमा सुक्खा खडेरी, बेमौसमी वर्षा र डुबानका कारण धान उत्पादन गत वर्षभन्दा केही कम हुने कृषि मन्त्रालयको अनुमान छ

मन्त्रालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा करिब चार प्रतिशतले धान उत्पादन घट्ने अनुमान छ । यो वर्ष ५७ लाख ५ हजार १ सय २६ टन धान उत्पादन हुने मन्त्रालयको प्रक्षेपण छ । गत वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा ४.२० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । गत वर्षका तुलनामा यो वर्ष ३.८ प्रतिशतले धान लगाएको क्षेत्रफलमा कमी आएको छ । गत आवमा १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । चालु आवमा १३ लाख ७६ हजार ८ सय ७२ हेक्टरमा धान रोपिएको अनुमान छ ।

यसैगरी गत आवका तुलनामा यो वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । गत वर्ष ४.१९ टन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यो वर्ष ४.१४ टन प्रतिहेक्टर हुने अनुमान गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com