डेपुटी गभर्नरको नियुक्ति नयाँ सरकारले गर्ने, गभर्नर समेत फेरिला
काठमाडौं– केन्द्रीय बैंकको उच्च तह अन्तरगत रहेका दुई डेपुटी गभर्नरको नियुक्तिमा नेपाल राष्ट्र बैंकले चासो देखाए पनि सरकारले नियुक्ति नगर्ने संकेत गरेको छ ।

यसमा केन्द्रीय बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्रीसँग सम्वाद गरेको र अर्थमन्त्री रामेश्वर खनालले केही समय धैर्य गर्न भनेको बताइएको छ ।
राष्ट्र बैंकले दुई डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकबाट चार जनाको नाम सिफिारीस गर्नुपर्छ । राष्ट्र बैंकमा सिनियर कर्मचारी अर्थात बरियताका आधारमा नरेश शाक्य र रेवति नेपाल सबैभन्दा बरिष्ठ कार्यकारी निर्देशक हुन् ।
![]() |
![]() |
![]() |
|---|
डेपुटी गभर्नर बन्नका लागि उनीहरुले भन्दा बढी अरुले सक्रियता अपनाएका छन् । केन्द्रीय बैंकमा अधिकाँस कार्यकारी निर्देशकहरु एमाले, माओवादी र काँग्रेस निकटका छन् । उनीहरुले डेपुटी गभर्नर बन्नका लागि हरेक किसिमका तडकबाजी गर्न सुरु गरेका छन् ।
सरकार गठनका लागि रास्वपाको बहुमत आएसँगै एकलौटी सरकार बन्ने निश्चित भएको छ । रास्वपाका बरिष्ठ नेता बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन् । सम्भवन केहीदिन भित्रै नयाँ सरकारको गठन भइसक्ने छ ।
यसर्थ पनि केन्द्रीय बेंकको डेपुटी गभर्नर नियुक्तिमा अर्थमन्त्रीलाई रास्वपाले तत्काल नियुक्ति नगर्न संकेत गरेको बुझिन्छ । नयाँ सरकार गठनसँगै रास्वपा सरकारले डेपुटी गभर्नरको नियुक्ति मात्रै नभई गभर्नर नै परिवर्तन गर्न सक्ने छ ।
Image Source: © https://mulpatra.com
केन्द्रीय बैंक स्वयत्त भएता पनि हालसम्म गभर्नर पद भागवण्डाका आधारमा राजनीतिक नियुक्ति हुँदै आएको छ । हालका गभर्नर डा. विश्वनाथ पौडेल नेपाली काँग्रेसका नेता हुन् । उनी गएको निर्वाचनमा चितवनबाट पराजीत उमेदवार समेत हुन् ।
उनी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमति आरजु राणाको बलमा गभर्नर नियुक्त भएका थिए । उनी गत जेष्ठ महिनामा गभर्नर नियुक्ति भएका हुन् ।
चैत २४ गते गभर्नर नियुक्ति हुनुपर्नेमा ओली सरकारमा काँग्रेस र एमालेबीचको भाडबन्डा विवादले गर्दा लामो समयपछि मात्रै गभर्नर नियुक्ति भएको थियो ।
रास्वपाले यस्ता नियुक्तिहरु राजनीतिक भन्दा बाहिरका व्यक्तिलाई गरिने उल्लेख गर्दै आएको छ । यस अर्थ गभर्नर आफ्नै पद निश्चित छैन । अब बन्ने सरकारले अत्याधिक बहुमत ल्याएका कारण एकलौटी सरकार बनाउँदा अर्थतन्त्रलाई गति दिनका लागि उसले आफ्नै गभर्नर बनाउन चाहने अत्याधिक सम्भावना रहेको छ ।
सरकारलाई आर्थिक रुपमा सफल र असफल बनाउनमा केन्द्रीय बैंक र गभर्नरको भूमिका महत्वपूर्ण हुने गर्दछ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



