तेल निर्यातको इरानी खार्ग टापुमा अमेरिकी आक्रमण, युद्ध थप चर्किने संकेत
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको महत्त्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापुमा रहेका सबै सैन्य शिविरमाथि बम आक्रमण गरेको बताएका छन् ।

उनले इरानले हर्मुज जलडमरुहुँदै जहाज आवागमन रोकिरहेमा उक्त टापुको तेल पूर्वाधारमा पनि आक्रमण गर्न सकिने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले खार्ग टापुमा ठूलो स्तरको आक्रमण गरेको पुष्टि भएको छ, तर ट्रम्पले दाबी गरेझैँ सबै सैन्य लक्ष्य नष्ट भए वा नभएको स्पष्ट गरिएको छैन ।
![]() |
![]() |
![]() |
|---|
इरानको तटनजिक रहेको करिब पाँच माइल लामो खार्ग टापुबाट देशको करिब ९० प्रतिशत कच्चा तेल निर्यात हुन्छ । इरानसँगको युद्ध सुरु भएको पहिलो दुई हप्तासम्म यो क्षेत्रमा आक्रमण भएको थिएन ।
विशेषज्ञहरूका अनुसार उक्त टापु कब्जा गर्न वा ठूलो आक्रमण गर्न ठूलो संख्यामा स्थलसेना आवश्यक पर्छ, तर ट्रम्प प्रशासनले हालसम्म त्यसतर्फ अग्रसरता देखाएको छैन ।
पूर्वअमेरिकी सेना ब्रिगेडियर जनरल मार्क किम्मिटले यस्तो आक्रमणले युद्धको जोखिम निकै बढाएको बताए । उनका अनुसार अब युद्ध केवल सैन्य शिविरमा सीमित नभई इरानको आर्थिक आधारलाई नै निशाना बनाउने दिशामा पुगेको छ ।
Image Source: © https://mulpatra.com
किम्मिटका अनुसार अमेरिकाले खार्ग टापुलाई दबाबको रूपमा प्रयोग गर्दै इरानलाई हर्मुज जलडमरुहुँदै जहाज आवागमन खुला राख्न बाध्य बनाउन खोजिरहेको छ ।
यदि तेल पूर्वाधारमा थप आक्रमण भयो भने इरानले पश्चिम एसियका अन्य तेल संरचनामाथि पनि प्रतिआक्रमण गर्न सक्ने उनले चेतावनी दिए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



