औसत ब्याजदर चैतमा ४.४९ प्रतिशत
काठमाडौं– निक्षेपकर्ताहरूले बैंकमा मुद्दती निक्षेपमा रकम राखेबापत पाउने ब्याजदर चैत महिनाका लागि झनै घटेको छ ।

बैंकहरूले चैत महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार, बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा ४.४९ प्रतिशत विन्दुमा झरेको छ ।
फागुन महिनामा ४.५६ प्रतिशत विन्दु रहेकोमा चैतमा ०.०७ प्रतिशत विन्दु घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ६ वटाले ब्याजदर घटाउँदा औसत ब्याजदर घट्न पुगेको हो ।
![]() |
![]() |
![]() |
|---|
१४ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
त्यस्तै, बैंकहरुले संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटाएका छन् ।
चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत विन्दुले घटाएको हो ।
Image Source: © https://mulpatra.com
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका हुन् ।
पछिल्ला महिनाहरूमा मुद्दती निक्षेपको ब्याजदर निरन्तर घट्दै जाँदा बचतकर्ता मारमा परेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



