Close

Recent Posts

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण पछि अस्थायी रुपमा विमानस्थल बन्द

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण पछि अस्थायी रुपमा विमानस्थल बन्द
  • २ चैत्र २०८२, सोमबार ०९:५१

काठमाडौँ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको ड्रोन आक्रमणमा इन्धन ट्याङ्कीमा आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिइएपनि पटक पटकको आक्रमण पछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । अधिकारीहरुले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।

mulpatra

अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । सोही क्रममा सोमबार मात्र दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन आक्रमण भएको थियो ।

फेब्रुअरी २८ यता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् । यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।

mulpatra mulpatra mulpatra

एक अध्ययन अनुसार सन् २०२५ मा झण्डै नौ करोड यात्रुले यात्रा गरेको दुबई विमानस्थल बन्द हुनुले मध्यपुर्वको यात्रा मात्र नभएर व्यापारलाई समेत असर पर्ने देखिएको छ । नेपालबाट दुबई गएर काम गरिरहेका लाखौ नेपालीको रोजगारीमा समेत जोखिम बढेको छ ।