११० समानुपातिक सांसदको नाम सार्वजनिक, बिहिबार प्रमाणपत्र दिइने
काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनमा दलहरुले पाएको समानुपातिक मतका आधारमा निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ।

आयोगले सम्बन्धित राजनीतिक दलहरूबाट छनौट गरी पेस गरेको उम्मेदवारहरूको विवरण अनुसार दलहरुको भागमा परेको सांसद संख्या हेरेर सार्वजनिक गरेको हो । यसरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।
आयोगले प्रमाणपत्र लिनका लागि नागरिकताको प्रमाणपत्ररराष्ट्रिय परिचय पत्र र २ प्रति पासपोर्ट साइजको फोटो लिएर कार्यालय समयभित्र आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन समेत आग्रह गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
कुन पार्टीबाट को को भए समानुपातिक सांसद? सूचिसहित



