Close

Recent Posts

टिकटकर केसीको पृष्ठभूमि पटके अपराधीदेखि चरी ग्याङ हुँदै मिटर ब्याजमा लगानी

टिकटकर केसीको पृष्ठभूमि पटके अपराधीदेखि चरी ग्याङ हुँदै मिटर ब्याजमा लगानी
  • ३ चैत्र २०८२, मंगलवार ११:३४

काठमाडौं– संसद् भवन परिसरमा बसेर खुसी मनाएको भिडियो सार्वजनिक भएसँगै आलोचित भइरहेका टिकटकर मनोज केसीको पृष्ठभूमी पटके ’अपराधी’ रहेको खुलेको छ ।

mulpatra

कुख्यात आपराधिक समूह चलाएका दिनेश अधिकारी चरीको सहयोगी रहेका उनी विरुद्ध प्रहरीमा १० वटा आपराधिक रेकर्ड फेला परेको छ ।

उनको आपराधिक रेकर्डमा उनी विरुद्ध प्रहरीमा १० वटा आपराधिक घटना दर्ता भएको पुष्टि भएको छ । दिनेश अधिकारी चरीको सहयोगीको रूपमा काम गरेका उनीमाथि काठमाडौंमा नौ वटा र ललितपुरका एउटा आपराधिक घटनामा संलग्न रहेको रेकर्ड फेला परेको छ ।

mulpatra mulpatra mulpatra

चरी भनेर परिचित दिनेश अधिकारी प्रहरी इन्काउन्टरमा मारिएपछि पनि मनोज आपराधिक गतिविधीमा संलग्न देखिएका छन् । चरी २०७१ मा मारिएका थिए ।

काठमाडौं पेप्सीकोलाका उनी २०७३ सम्म आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको आपराधिक रेकर्डले देखाउँछ । उनी सार्वजनिक अपराधको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट पक्राउ परेका थिए ।

उनको अन्तिम आपराधिक रेकर्ड २०७३ जेठ १९ मा महाराजगन्ज वृत्तमा सार्वजनिक अपराधकै केस देखिन्छ । उनीमाथि ज्यान मार्ने उद्योग, कुटपिट गरेर अङ्गभङ्ग गराएको, लागुऔषध र जुवा जस्ता आपराधिक रेकर्डहरू रहेका छन् ।

Image Source: © https://mulpatra.com

आपराधिक दुनियाँमा उनी मनोज केसी उर्फ फिप्टीको नामले परिचित थिए । मनोजबारे अनुसन्धान गरेका एक प्रहरी अधिकारीका अनुसार क्यासिनोमा मिटर ब्याजमा लगानी र लुटपाट र डकैतीमा संलग्न दिनेश अधिकारी’ चरी’ ठमेल क्षेत्रमा सक्रिय रहँदा उनी मुख्य सहयोगी थिए ।

उनी.सुबिधानगर तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योगको अभियोग लागेको थियो । पेप्सीकोलामा उज्ज्वल ढुंगानामाथी खुकुरी प्रहार, ठमेलको डिस्कोमा जोन लामालाई कुटेर आँखा फुटाएको आरोप समेत लागेको थियो ।

टिकटकर केसी विगतमा अपराधीमा जोडिएको भएका कारण राश्वपा सरकारले उनलाई कस्तो कारवाही गर्ला भन्ने चासो विषय समेत भएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com