श्रम मन्त्रालयले ७ वटा देशमा मात्रै श्रम स्वीकृति दिने

श्रम मन्त्रालयले ७ वटा देशमा मात्रै श्रम स्वीकृति दिने
  • ४ चैत्र २०८२, बुधबार ०६:२०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ वटा देशमा मात्रै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । साउदी अरब, युएई, कतार, जोर्डन, ओमान, यमन र टर्कीमा कार्यरत नेपाली श्रमिकको मात्र श्रम नवीकरण गर्ने निर्णय गरेको छ ।

mulpatra

इरान–इजरायल, अमेरिका युद्धका कारण खाडीमा युद्धको त्रास बढेको छ । इरानले खाडीका देशमा भएको अमेरिकी बेसक्याम्पमा हमला गर्दा कयौं नेपालीहरु घाइते भएका छन् । इरानले अमेरिकी बेसक्याम्प भन्दा बाहिर एयरपोर्ट, महलहरुमा समेत आक्रमण गर्न थालेपछि असुरक्षाका कारण नेपाल सरकारले पुनः श्रम स्वीकृति रोकेको थियो । अहिले खाडीका सात देशको भिषा नविकरण खोलेपछि बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत माघसम्म ७० हजार ५०३ जनालाई रोजगारीका लागि श्रम स्वीकृति दिइएको मा फागुनमा नयाँ र पुरानो गरेर ५२ हजार जनालाई श्रम स्वीकृति दिएको छ । नेपाली श्रमिकको प्रमुख ५ गन्तव्य मुलुकमध्ये ४ गन्तव्य खाडीका कुवेत, युएई, साउदी र कतार हुन् ।

mulpatra mulpatra mulpatra

श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने हाललाई श्रम नवीकरण नदिने भएको छ ।