Close

Recent Posts

एनआरएनएको १२औँ महाधिवेशनबाट अध्यक्षमा डा. हेमराज शर्मा सहित सर्वसम्मत नेतृत्व चयन

एनआरएनएको १२औँ महाधिवेशनबाट अध्यक्षमा डा. हेमराज शर्मा सहित सर्वसम्मत नेतृत्व चयन
  • ४ चैत्र २०८२, बुधबार ०७:०२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा भएको १२औं महाधिवेशनबाट डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ।

mulpatra

शनिबारदेखि सुरु महाधिवेशनले वरिष्ठ उपाध्यक्ष रविन शेरचनलाई चयन गरेको छ । एनआरएनएको विधान अनुसार वरिष्ठ उपाध्यक्ष सहित २४ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । अन्य उपाध्यक्षहरुमा रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, मनोजकुमार श्रेष्ठ, रोशन थापा, रोजिना प्रधान राई, प्रविण गुरुङ, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, दधिबल खड्का, दिनेश पोखरेल, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, लोकप्रसाद दाहाल, भनेन्द्र ओली, पूर्णचन्द्र बानियाँ, टंकप्रसाद गैरे, विश्वदीप तिगेला र तिलक गैरे, महिला उपाध्यक्षमा राधिका गुरुङ ‘टिका’, युवा उपाध्यक्षमा भिमसेन थापा रहेका छन् ।

त्यस्तै महासचिवमा चिरञ्जीवी खड्का चयन भएका छन् भने ६ उपमहासचिवमा अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल, राजेन्द्र अर्याल र स्वतन्त्र प्रताप शाह रहेका छन्।

mulpatra mulpatra mulpatra

सचिवमा अभिमन्यु बस्नेत, दिपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा मुसलमान, प्रसुन्ना कडेल, शिवप्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानीप्रसाद तिम्सिना र रमेश भट्ट, अमृता थापा कञ्चन चयन भएका छन्।

कृष्णप्रसाद तिम्सिना कोषाध्यक्षमा चयन भएका छन् भने सह–कोषाध्यक्षमा अब्दुल बासिद र विमल सुवेदी तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा चयन भएकी छन्। त्यसै गरि महिला संयोजकमा रश्मि थापा र युवा संयोजकमा नविन निउरे चयन भएका छन् भने प्रवक्तामा सोम सापकोटा चयन भएका छन्।

महाधिवेशनमा चयन भएका एनआरएनएको क्षेत्रीय संयोजकहरूमा अफ्रिका संयोजक– मनोज विक, अमेरिका संयोजक– भुवन खरेल, एसिया प्यासिफिक संयोजक दिपक प्रसाद कडेल, युरोप संयोजक रोबर्ट लिम्बु, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, ओसेनिया (अस्ट्रेलिया) संयोजक रमेश जोशी रहेका छन् ।

Image Source: © https://mulpatra.com

क्षेत्रीय उप–संयोजक र सह(संयोजकहरूमा अमेरिका उपसंयोजक नेत्र पाण्डे, सम्राट थापा, एसिया प्यासिफिक सहसंयोजक भबिन्द्र बस्नेत, छत्र बहादुर दाहाल, लाल सिंह खड्का, युरोप सहसंयोजक तिलकराम भट्टराई, मध्यपूर्व सहसंयोजक विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया, ओसेनिया उपसंयोजक छवि प्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले रहेका छन् ।

क्षेत्रीय महिला संयोजकहरूमा एसिया प्यासिफिक महिला संयोजक संगिता अधिकारी, युरोप महिला संयोजक बाबा राजेश्वरी थापा, मध्यपूर्व महिला संयोजक सरिता भण्डारी चयन भएका छन् ।

क्षेत्रीय महिला सहसंयोजकहरूमा युरोप महिला सहसंयोजक राधा सिग्देल किरण, मध्यपूर्व महिला सहसंयोजक( मन्जु मल्ल उचाई चयन भएका छन् ।

क्षेत्रीय युवा संयोजकहरूमा एसिया प्यासिफिक युवा संयोजक राम थापा, युरोप युवा संयोजक शिव सागर बुढाथोकी, मध्यपूर्व युवा संयोजक सुजन सापकोटा, क्षेत्रीय युवा उप संयोजकहरूमा युरोप युवा उपसंयोजक अम्मान गौचन, मध्यपूर्व युवा उपसंयोजक बासुदेव सापकोटा र दोस्रो पुस्ता संयोजक( दीपमाला ढकाल चयन भएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com