प्रधानमन्त्रीले दिईन शिव भगवानलाई धन्यवाद
काठमाडौं । फागुन २१ को निर्वाचन सम्पन्न गर्न सफल भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
निर्वाचन अघि मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा गरेकी र त्यो भाकल पुरा भएकाले आफू कृतज्ञ रहेको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरेको सचिवालयको भनाइ छ।
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्रीसँगै संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पशुपति पुजामा सहभागी भएका थिए ।



