इरानको परमाणु ऊर्जा संयन्त्रमा खसालियो ‘प्रोजेक्टाइल’

इरानको परमाणु ऊर्जा संयन्त्रमा खसालियो ‘प्रोजेक्टाइल’
  • ४ चैत्र २०८२, बुधबार १०:४७

काठमाडौं– इरानले दक्षिण–पश्चिममा अवस्थित परमाणु ऊर्जा संयन्त्रमा एक प्रोजेक्टाइल (हतियार÷क्षेप्यास्त्र) खसेको सूचना अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई दिएको छ ।

mulpatra

परमाणु प्रविधिको रेखदेख गर्ने संयुक्त राष्ट्र संघको संस्था आईएईएले एक बयानमा इरानले मंगलबार बेलुकी बुशेहरमा रहेको परमाणु ऊर्जा संयन्त्रमा भएको उक्त घटना भएकोबारेमा जानकारी दिएको उल्लेख गरेको छ ।

तर संयन्त्रमा कुनै पनि प्रकारको क्षति र कर्मचारी घाइते भएको जानकारी प्राप्त भएको छैन ।

mulpatra mulpatra mulpatra

आईएईएका महानिर्देशक रफाएल ग्रोसीले संघर्षका दौरान बढीभन्दा बढी संयमता अपनाएर परमाणु दुर्घटनाको जोखिम घटाउन फेरि अपील गरेका छन् । उनले कुनै पनि प्रकारको परमाणु दुर्घटनाले गम्भीर मानवीय क्षति तथा वातावरणीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

इरानको बुशेहर परमाणु ऊर्जा केन्द्र इरानको एकमात्र सञ्चालनमा रहेको रिएक्टर हो, जसलाई सन् २०११ मा पहिलोपटक राष्ट्रिय विद्युत् सञ्जालमा जोडिएको थियो ।

परमाणु हतियार विकास गर्न लागेको भन्दै अमेरिकाले सन् २०१८ देखि इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।

Image Source: © https://mulpatra.com

इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र ऊर्जा प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ । तर, अमेरिका र इजरायलले त्यसमा विश्वास गरेका छैनन् ।

सोही बहानामा अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा आक्रमण गर्न सर्वोच्च नेता अलि खामेनी लगायतका शीर्ष नेताहरुको मृत्यु भएको छ ।

यो द्वन्द्वले अमेरिका, इजरायल र इरानसँगै मध्यपूर्वका खाडी देशहरुमा समेत असर गरेको छ । इरानले इन्धन ढुवानी हुने समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्दा विश्वभर आपूर्ति प्रभावित भएको छ ।

विश्लेषकहरूले यदि अमेरिका–इजरायल र इरानबीचको युद्ध थप चर्कियो भने यसले क्षेत्रीय मात्र होइन, विश्वव्यापी सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com