प्रदेश देखाएर उद्योग वाणिज्य महासंघको साधारण सभा सार्ने चलखेलमा अध्यक्ष ढकाल
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा चैत २८ देखि २९ गते हुँदैछ । हाल अध्यक्षका रुपमा कार्यरत चन्द्र ढकालको कार्यकाल सकिने भएकोले यो अधिवेशनबाट विधानतः वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् ।

महासंघको साधारण सभा अघि गर्नु पर्ने प्रदेश कमिटिको अधिवेशन भने आम निर्वाचनका कारण रोकिएको थियो । फागुन १ र २ गते हुने भनिएको प्रदेश अधिवेशन निर्वाचन आचारसंहिता लागू भएका कारण रोकिएको महासंघले नै सूचना निकालेको थियो । त्यति बेला निर्वाचन आयोगसँगको छलफलपछि प्रदेश अधिवेशन रोकिएको महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले जानकारी दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको विधानमा महासंघको साधारणसभा हुनुभन्दा १ महिना अगाडी नै प्रदेश कमिटिको अधिवेशन भइसक्नु पर्ने व्यवस्था छ । तर निर्वाचनका कारण प्रदेश कमिटिको अधिवेशन रोकिएको हो ।
![]() |
![]() |
![]() |
|---|
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालकै समुहले प्रदेश कमिटिको अधिवेशनलाई कारण देखाउँदै महासंघको साधारण सभा एक महिना पछि सार्ने कसरत गरिरहेका छन् ।
आफनो कार्यकाल बढाएर गुटको खेल खेल्ने अध्यक्ष चन्द्र ढकालनै अहिले महासंघको साधारण सभा सार्ने पक्षमा रहेको उनीनिकट एक व्यवसायीले जानकारी दिए । महासंघका अध्यक्ष ढकालको प्यानमा हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, उमेश डालमिया र कल्पना गैरे, कमला श्रेष्ठ, वस्तुगततर्फका नरेशलाल श्रेष्ठ, लगायत रहेका छन् ।
महासंघकै अध्यक्ष चन्द्र ढकालको अगुवाईमा प्यानल घोषणा गरेपछि वरिष्ट उपाध्यक्ष अन्जान श्रेष्ठको नेतृत्वमा अर्को प्यानल समेत खडा भएको छ । उनको प्यानलमा शिव अधिकारी, दिलसुन्दर श्रेष्ठ, कृष्णप्रसाद शर्मा, प्रवलजंग पाण्डे लगायतका व्यवसायीहरु छन् ।
Image Source: © https://mulpatra.com
भावी अध्यक्ष अन्जन श्रेष्ठको समुहबाट सम्भावित उम्मेदवार भाष्कर राज कर्णिकार, श्रीकृष्ण बैद्य र किशोर प्रधान रहेका छन ।
पुर्व एसोसिएट उपाध्यक्ष र अन्जन श्रेष्ठसँग पराजित रामचन्द्र सांघाई भने स्वतन्त्र देखिएका छन् उनले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महासंघको निर्वाचनमा महत्वपूर्ण भुमिका खेल्ने वस्तुगत संघको विषयलाई लिएर ढकाल समूह निर्वाचन सार्न लागेको आरोप एक व्यवसायीले लगाएका छन् । अध्यक्ष चन्द्र ढकालले यस अघि १८ वटा नयाँ वस्तुगत संघलाई महासंघको सदस्यता दिने निर्णय गरेका थिए । थपिएका १८ वटा वस्तुगत संघको मतभारले ढकाल समूह अगाडी देखिने उनीहरुको बुझाई छ ।
तर थपिएका नयाँ १८ वटा वस्तुगत संघको विरुद्ध अदालतमा मुद्धा परेपछि उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघका १८ वटा वस्तुगत सदस्यको सदस्यता खारेज गर्न आदेश दिएको थियो ।
महासंघले सदस्यता समितिको सिफारिस र विधान विपरित १८ वटा संघहरुलाई सदस्यता प्रदान गरेको भन्दै नेपाल पोल एसोसियशनका अध्यक्ष किशोर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरेका थिए ।
सो रिटमा उच्च अदालत पाटनका न्यायाधीश द्वय चन्द्रबहादुर सारु र गोपाल प्रसाद बाँस्तोलाको संयुक्त इजलासले पौष १६ गते १८ वटा वस्तुगत संघहरुको सदस्यता खारेज गरिदिएको हो ।
हाल उक्त मुद्धा सर्वोच्च पुगेको छ । ढकाल समूह उक्त मुद्धा जसरी पनि जित्ने र थपिने नयाँ १८ वटा वस्तुगत संघको जोडबलमा निर्वाचन जित्ने दाउमा रहेको आरोप लागेको छ ।
महासंघको निर्वाचनको सरगर्मी बढीरहँदा महासंघका पुर्व अध्यक्षहरु कुशकुमार जोशी र प्रदीप कुमार श्रेष्ठले महासंघको विधि र विधानलाई आत्मसाथ गर्नुपर्ने र व्यवसायीका हकहितलाई प्रमुख मुद्धा बनाउनु पर्ने कुरा औल्याएका छन् ।
उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५८ औं साधारणसभाले अन्जन श्रेष्ठको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । जसका देशको अर्थतन्त्र र राजनीतिक जस्तो विषयमा समेत महत्व राख्छ । जसका कारण उद्योग वाणिज्य महासंघको साधारण सभालाई अर्थपुर्ण रुपमा हेरिन्छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



