विदेशी खेलाडीलाई पर्यटक भिसामा खेल खेल्न प्रतिबन्ध, अनिवार्य श्रम स्वीकृति
काठमाडौं । अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीहरुलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएको छ ।

विभागले आज एन्फालाई पत्र पठाउँदै पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको हो ।
एन्फा मातहत सञ्चालन भइरहेको राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा आएका विभिन्न देशका खेलाडीलाई समावेश गरेको भन्दै विभागमा उजुरी परेको थियो ।
![]() |
![]() |
![]() |
|---|
अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्य बाहेक अन्य गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ ।
कुनै पनि खेलमा विदेशी खेलाडीहरुलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन एन्फालाई अनुरोध गरेको छ ।
विभागबाट आजैदेखि अनुगमन सुरु गरेको जनाउँदै स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाईएमा तत्काल कार्वाही अगाडि बढाइने चेतावनी दिएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



