सडकमै मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ

सडकमै मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ
  • ५ चैत्र २०८२, बिहीबार १४:५१

काठमाडौं– भक्तपुरको नगरकोटमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालकलाई पक्राउ गरिएको छ ।

mulpatra

बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो ।

भक्तपुरको चागुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय तामाङलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra

केही दिनअघि कार चालक तामाङले दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।

मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालकलाई कारबाही गर्न सामाजिक सञ्जालमार्फत दबाब सिर्जना भएको थियो ।