स्वास्थ्य विभागको अनियमितताः भुक्तानी नहुँदा ४ वर्षदेखि ग्यारेजमै सड्दै करोडौको गाडी
काठमाडौं । स्वास्थ्य सेवा विभाग मा औषधि तथा उपकरण खरिद लगायत विभिन्न शीर्षकमा पटक पटक अनियमितता भइरहेको सार्वजनिक भइरहँदा हाल गाडी मर्मतका नाममा अपारदर्शिता र कमिसनको खेल भएको खुलेको छ ।

स्वास्थ्य विभागअन्तर्गत प्रयोगमा रहेका गाडीहरू मर्मत गरेबापत करिब ३० लाख रुपैयाँ भुक्तानी नदिइएकोले करोडौ रुपैया पर्ने विभागको गाडी विगत २ बर्ष देखि ग्यारेजमा थन्किएको छ । सानेपा मा रहेको एक ग्यारेजमा बी.ए.बी ९१६५ नम्बरको गाडी २ बर्ष देखि लिन नआएको ग्यारेज सन्चालकले जनाएका छन् ।
ग्यारेज सञ्चालकका अनुसार विभागले लामो समयदेखि भुक्तानी नगर्दा आफू आर्थिक समस्यामा परेको समेत बताएका छन्। ‘४ वर्षदेखि करिब ३० लाख रुपैयाँ पाउन बाँकी छ, गाडी लैजानुहोस् भन्दा पनि लिन आउँदैनन्,’ उनले भने, ‘विभागले पैसा नदिँदा जग्गा भाडा तिर्न र कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भइरहेको छ।’
![]() |
![]() |
![]() |
|---|
यस विषयमा कुरा गर्दै ग्यारेज सन्चालकले विभागका स्टोर किपर विद्याप्रसाद जैसी माथि आरोप लगाएका छन् । व्यवसायीहरूले जैसीले डेढ वर्षदेखि ‘आज–भोलि’ भन्दै भुक्तानी झुलाइरहेको र अन्य सप्लायर्ससँग पनि कमिसन माग्ने गरेको दाबी गरेका छन्।
उता लेखा अधिकृत त्रिभुवन खनाल माथि भने कमिसन नमिलेका कारण भुक्तानी रोकेको आरोप लगाइएको छ। खनालसँग पटक पटक फोन म्यासेज भएपनि सम्पर्क गर्न खोजेनन् । यसले विभागभित्रको कमिसन र पारदर्शितामाथि थप प्रश्न उठाएको छ।
त्यति मात्र होइन विभाग परिसर सरसफाई र फुल रोपण नाममा रकम निकासा गरेको र पियन तथा ड्राइभरहरु काममा लगाउने गरेको समेत आरोप लगाइएको छ । विभाग भित्र खरिद गरेको वासिङ मेसिन खोजि गरेपनि नभेटिएको समेत हल्ला हुने गरेको श्रोतले बताएको छ ।
Image Source: © https://mulpatra.com
गाडी मर्मत गरेको रकम भुक्तानी बारे जैसी र लेखा प्रमुख खनालनै झुलाइरहेको आरोप छ । यता जैसीले आफु निकटसँग भने लेखा अधिकृतले रोकेको, भुक्तानी दिने काम मेरो होइन भन्ने गरेको भएपनि फोन सम्पर्क गर्दा ‘मलाई त्यस विषयमा केही थाहा नभएको र बुझ्ने’ मात्र कुरा गरे । उनले लेखा शाखाबाट हुने प्रक्रिया भएकाले म जिम्मेवार छैन भन्ने गरेपनि ग्यारेज मालिकले उनैसँग पटक पटक सम्पर्क गर्ने गरेको समेत खुलेको छ ।
यस विषयमा विभागका सूचना अधिकारी मोहन प्रसाद कोइराला सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
स्वास्थ्य सेवा विभाग भित्र भइरहेका यस्ता गतिविधिले सार्वजनिक निकायमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अवस्थामाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ। सम्बन्धित निकायले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग ग्यारेज सन्चालकले गरेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



