Close

Recent Posts

खाडीमा नेपालीहरू सुरक्षित छन्, आत्तिनुपर्ने अवस्था नभएको परराष्ट्रको भनाइ

खाडीमा नेपालीहरू सुरक्षित छन्, आत्तिनुपर्ने अवस्था नभएको परराष्ट्रको भनाइ
  • ७ चैत्र २०८२, शनिबार २०:५७

काठमाडौं– अमेरिका–इजरायल र इरान युद्ध तेस्रो सातामा प्रवेश गरेको छ । पछिल्लो समय इरानले नेपालीहरूको प्रमुख श्रम गन्तव्य खाडीका देशमा आक्रमण गरिरहेको छ ।

mulpatra

१८ मार्चदेखि इरानले ग्यास प्रोडक्सन एन्ड डिस्ट्रिव्युसन केन्द्रहरूमा आक्रमण बढाएको छ । त्यहाँ रहेका नेपालीहरूको अवस्था बुझ्न सरकारले छुट्टै अनलाइन पोर्टल नै बनाएर विवरणहरू संकलन गरिरहेको छ, जसमार्फत अहिलेसम्म ८१ हजार ४११ जनाले आफ्नो विवरण टिपाएको शुक्रबार पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यसरी आफ्नो विवरण दर्ता गराउनेमध्येमा ७ हजार २८४ जनाले आफू असुरक्षित रहेको भन्दै टिपाएका छन् । तर, उनीहरू सबैलाई विदेशस्थित नेपाली नियोगहरूले सम्पर्क गर्दा धेरैजसोले आफूहरू सुरक्षित रहेको बताएका छन् ।

mulpatra mulpatra mulpatra

खाडीका देशमा रहेका नेपालीहरूको सहयोगका लागि यी देशमा रहेका नेपाली दूतावासहरू पूर्ण रूपमा खुला नै छन् ।

यूएईमा अहिलेसम्म युद्धमा परी एक नेपालीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । जियाद इन्टरनेसल एयरपोर्टमा मिसाइलको टुक्रा खसेर लाग्दा १ मार्चमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको हो । त्यसै दिन ट्रान्जिटमा रहेका थप १४ नेपाली पनि घाइते भएका थिए । तर, उपचारपछि सबै जना आफ्नो गन्तव्यमा पुगिसकेको मन्त्रालयले जनाएको छ ।

खाडीका देशमा युद्धका कारण अहिलेसम्म २० जना नेपाली घाइते भएका छन् । एक जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सबै जना उपचारपछि सामान्य दैनिकीमा फर्किएको मन्त्रालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com

सामाजिक सञ्जालमा युद्धको फोटो भिडियो पोस्ट गरेका कारण सात नेपाली पक्राउ परेका छन् । यूएईमा ३ जना, साउदीमा ३ जना र कुवेतमा एक जना पक्राउ परेको मन्त्रालयले जनाएको छ ।

अहिले इराक, कुवेत र बहराइनको हवाई आकाश पूर्ण रूपमा बन्द छ । कतार र यूएईबाट आंशिक रूपमा उडान भइरहेको छ भने साउदीको रियाद र दमामका साथै ओमानको विमानस्थल भने पूर्ण रूपमा खुला छ ।

खाडीका देशहरूले युद्धको फोटो तथा भिडियो खिच्न र अफवाह फैलाउने किसिमका सूचना तथा जानकारीहरू शेयर नगर्न मन्त्रालयले अनुरोध गरेको छ । ‘सामाजिक सञ्जालमा शेयर नगरे पनि फोटो भिडियो खिचेर मोबाइलमा पनि नराख्नुहोस्,’ मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘म्यासेन्जरमा कोही कसैलाई पठाएको पाइएमा पनि कारबाही हुन्छ, त्यसैले फोटो तथा भिडियो खिच्ने काम नगर्नुहोस् ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com