सातै प्रदेशमा असिना पानी र हुरीको सम्भावना
काठमाडौं– यतिबेला (शनिबार बिहान ८ बजे) देशभर मौसम बदली (अधिकांश आकाशमा बादल लागेको) छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ ।
![]() |
![]() |
![]() |
|---|
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ÷असिना÷हुरीबताससहित मध्यम वर्षा÷हिमपात हुने सम्भावना छ ।
कोसी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै राति पनि कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा अनि हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।
Image Source: © https://mulpatra.com
यसैबिच काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि मौसम धुम्म भएको छ । यहाँ पनि आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



