बिपी राजमार्ग अवरुद्ध, यात्रुहरु बिच बाटोमै रोकिए
काठमाडौं । हिजो देखि निरन्तर पानी परेपछि काठमाडौंबाट पुर्व जाने बिपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोला बढेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो ।

गतसालको बाढिाीपहिरोको कारण १२ कि.मि जति सडक बगेको थियो । सडक तत्कालन बनाउने अवस्था नबनेपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । तर हिजो परेको पानी सडकमै बग्न थालेपनि सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुंगामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानीको बहाव नघटिन्जेल सडक सन्चालन हुने अवस्था नरहेको जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले आज बिहानैदेखि सवारी साधन ‘होल्ड’ गरेको छ ।
उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मंगलटारमा सवारीसाधन होल्ड गराइएको छ ।



