Close

Recent Posts

हिमपातका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध

हिमपातका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध
  • ७ चैत्र २०८२, शनिबार १०:२६

काठमाडौं । हिजो देखि देशभर परिवर्तन भएको मौसमका देशका हिमाली भेगहरुमा भारी हिमपात भएका छन् । भारी हिमपातको कारण रुकुमपर्वको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिजो देखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको लुकुम–पातिहाल्ना सडक खण्ड अवरुद्ध भएको हो ।

mulpatra

लोकमार्ग अवरुद्ध हुँदा काठमाडौं देखि पश्चिम लागेका बसहरु फस्दा सयौं यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दर्जनौँ सवारीसाधनहरु अवरुद्ध हुँदा २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेको प्रहरी कार्यालयले जनाएको छ ।

अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ । यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra