कपिलवस्तुको महाराजगंजमा निषेधाज्ञा जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कपिलवस्तुको महाराजगंजमा निषेधाज्ञा जारी गरेको छ । मुस्लिम समुदायको इद मनाइरहेको बेला हिन्दु र मुस्लिम समुदायबीचको विवाद झडपमा परिणत हुन खोजेपछि निषेधाज्ञा जारी गरिएको हो।

दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आज राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो । झडप बढ्ने स्थितिको आंकलन गरेर जिल्ला प्रसासन कार्यालय निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
हिन्दु र मुस्लिम समुदायको झडपमा प्रहरी, हिन्दु र मुस्लिम समुदायका तर्फबाट एक बालकसहित कुल ६ जना घाइते भएका छन्। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार घटना नियन्त्रणमा लिन ७ राउन्ड अश्रु ग्यास प्रहार गरिएको थियो।
प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। विवाद साम्य पार्न व्यापक प्रहरी परिचालन गरिएको छ।



