Close

Recent Posts

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

बर्डफ्लुको सङ्क्रमण बढ्दै, राजधानीमा मरेका कागमा समेत देखियो, सचेत रहन विभागको आग्रह

बर्डफ्लुको सङ्क्रमण बढ्दै, राजधानीमा मरेका कागमा समेत देखियो, सचेत रहन विभागको आग्रह
  • ११ चैत्र २०८२, बुधबार १७:४२

काठमाडौं । नेपालमा बर्डफ्लु (एच५एन१) सङ्क्रमण पुनः फैलिन थालेको छ । झापा, मोरङ र सुनसरीका विभिन्न कुखुरा फार्ममा संक्रमण पुष्टि भएसँगै राजधानी काठमाडौंमा मृत भेटिएका कागहरूमा समेत बर्डफ्लु देखिएको पुष्टि भएपछि जोखिम थप बढेको छ । पशु सेवा विभागले अवस्था संवेदनशील बन्दै गएको भन्दै सर्वसाधारण तथा किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

mulpatra

विभागका अनुसार नियमित निगरानीका क्रममा मोरङको सुनवर्षी नगरपालिका–४, उर्लाबारी–५ तथा सुन्दरहरैँचा क्षेत्रमा पालिएका कुखुरामा संक्रमण पुष्टि भएको हो । चैतको पहिलो सातादेखि कुखुरा मर्न थालेपछि गरिएको परीक्षणले बर्डफ्लु देखाएको थियो । संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका कुखुरा, अण्डा तथा अन्य सामग्री नष्ट गर्नुका साथै आवतजावतमा कडाइ गरिएको छ ।

झापाको दमक नगरपालिका–१० मा रहेको एक ठूलो लेयर्स फार्ममा पनि संक्रमण पुष्टि भएपछि करिब २० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । सो क्षेत्रमा कुखुरा, चल्ला, दाना तथा उपकरणको ओसारपसार पूर्ण रूपमा रोकिएको छ भने फार्ममा अनावश्यक प्रवेश निषेध गरिएको छ । नगरपालिकाले असामान्य रूपमा कुखुरा बिरामी हुने वा मर्ने घटना देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।

mulpatra mulpatra mulpatra

यसैबीच, काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका कागहरूमा पनि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । स्थानीय तह र पशु सेवा विभागको संयुक्त टोलीले दर्जनौं मृत काग सङ्कलन गरी सुरक्षित रूपमा गाडेको छ । थप कागहरू पनि मरेको पाइएकाले सङ्कलन र परीक्षणको काम जारी रहेको जनाइएको छ ।

कोशी प्रदेशमा गठन गरिएको ‘र्‍यापिड रेस्पोन्स टिम’ प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिएको छ । चैत ८ सम्म झापा, मोरङ र सुनसरीका विभिन्न फार्ममा रहेका ३७ हजारभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ । संक्रमण फैलिन नदिन फार्ममा जीवाणुनाशक प्रयोग अनिवार्य गरिएको छ भने एक फार्मका कामदार अर्को फार्ममा जान नपाउने लगायतका मापदण्ड लागू गरिएको छ ।

पशु सेवा विभागले बर्डफ्लु मानिसमा समेत सर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । कुखुरा बिरामी वा मरेको अवस्थामा नछुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र कुखुराजन्य सामग्री प्रयोग गर्दा सतर्क रहने सुझाव दिइएको छ । साथै, कुनै स्थानमा असामान्य रूपमा कुखुरा मर्ने वा बिरामी हुने अवस्था देखिएमा नजिकको पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन विभागले अनुरोध गरेको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com