Close

Recent Posts

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

काठमाडौंमा युगाण्डाका २० महिला पक्राउ

काठमाडौंमा युगाण्डाका २० महिला पक्राउ
  • ११ चैत्र २०८२, बुधबार १४:२२

काठमाडौं । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा काठमाडौंको ठमेलबाट २० जना युगान्डेली महिलाहरु पक्राउ परेका छन् ।

mulpatra

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार युगान्डाका महिलाहरुलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकबाट नियन्त्रणमा लिइएको हो । ती महिलाहरूले सडकमा हिँडिरहेका पर्यटक तथा सर्वसाधारणलाई बाटो छेकी अश्लील व्यवहार गर्ने र यौनसम्बन्धी क्रियाकलापका लागि मोलमोलाइ गर्ने गरेको प्रहरीको दाबी छ ।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुमाथि केही दिनदेखि निगरानी बढाइरहेको थियो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी भट्टराईले बताए ।

mulpatra mulpatra mulpatra