Close

Recent Posts

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की
  • ११ चैत्र २०८२, बुधबार १६:१०

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेकी छिन्।

mulpatra

निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले असामान्य र चुनौतीपूर्ण परिस्थितिका बीच पनि तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु लोकतन्त्रप्रतिको जनविश्वासको महत्वपूर्ण संकेत भएको बताइन्।

उनले ‘जेनजी विद्रोह’ पछिको जटिल सुरक्षा तथा राजनीतिक अवस्थालाई स्मरण गर्दै त्यस्तो परिस्थितिमा निर्वाचन सम्पन्न गर्नु सहज नभएको उल्लेख गरिन्। ‘देशको सुरक्षा अवस्था संवेदनशील थियो, राजनीतिक दलहरूबीच संवादहीनता थियो र एक प्रकारको कानुनी तथा राजनीतिक शून्यता थियो,’ उनले भनिन्, ‘यस्ता चुनौतीका बीच ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु ठूलो उपलब्धि हो।”

mulpatra mulpatra mulpatra

प्रधानमन्त्रीले उक्त निर्वाचनले संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउने नयाँ अध्याय सुरु गरेको बताइन्। साथै, आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उनको भनाइ थियो।

निर्वाचन प्रक्रियामा गरिएको सुधारबारे उल्लेख गर्दै उनले मतदाता नामावली दर्ता प्रक्रिया सहज बनाउनु, राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्धता, स्वदेशी सामग्रीको प्रयोग तथा मितव्ययितालाई प्राथमिकता दिनु जस्ता अभ्यासलाई सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरिन्।

त्यसैगरी, निर्वाचन खर्च पारदर्शी बनाउन छुट्टै बैंक खाता सञ्चालन, सामाजिक सञ्जालको प्रभावकारी अनुगमन तथा आचारसंहिता कार्यान्वयनमा कडाइले निर्वाचन व्यवस्थापनलाई थप विश्वसनीय बनाएको उनले बताइन्।

Image Source: © https://mulpatra.com

प्रधानमन्त्री कार्कीले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको दाबी गरिन्। उनले यस सफलताको मुख्य श्रेय निर्वाचन आयोग र सुरक्षा निकायलाई दिइन्।

उनका अनुसार, यस निर्वाचनले अन्तर्राष्ट्रिय समुदायमा नेपालको लोकतान्त्रिक छविलाई अझ उज्यालो बनाएको छ। उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चार माध्यम, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारप्रति आभार व्यक्त गरिन्।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन र समृद्ध नेपाल निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com